टेलिसेन्टर सुचारु नहुँदा सेवाग्रही मर्कामा

लक्ष्मण रसाईली
जाजरकोट  । जिल्ला हुलाक कार्यालय मार्फत सञ्चालनमा ल्याईएको टेलिसेन्टर सेवा नारामै सिमित भएको छ ।
स्थापना काल देखि नै टेलिसेन्टर सेवा विद्युतको अभावमा प्रभावकारी नहुँदा सेवाग्रहीले सेवा नपाएको गुनासो गदै आएका थिए । सरकारले जिल्ला हुलाक मार्फत जिल्ला वासीलाई ईन्टरनेट, फोटोकपी लगाएतका सेवा प्रवाह गर्ने भनेपनि सवै काम नारामै सिमित भएको सेवाग्रहीले वताएका छन् । जिल्ला हुलामै सेवा दिन नसकेको अवस्थामा ग्रामीण क्षेत्र रहेका हुलाकमा कसरी सेवा प्रवाह गर्न सकिन्छ ? जिल्ला हुलाकले वताएको छ । भरपर्दो ईन्टरनेट, विद्युत र कम्प्यूटर नहुँदा सेवा दिन नसकेको हुलाकको भनाई छ ।
दैनिक सेवा लिन स्थानीय गएपनि खाली हात फर्कने गरेको पाईएको छ । हुलाक कार्यालयमा कर्मचारीको अभावमा काम गर्न निकै मुस्किल भएको समेत वताएको छ । वढ्दो प्राविधिको विकास सगै यहाँका ग्रामीण क्षेत्रमा हुलाका सेवा प्रयो गर्नेको कमि आएको छ । ग्रामीण क्षेत्रमा रहेका हुलाक कार्यालयको आफ्नो भवण नहुँदा सवै भाडाको एक कोठामा थन्किनु परेको जिल्ला हुलाकले वताएको छ । अहिले जिल्ला हुलाकले टेलिसेन्टर सञ्चालन गरेको कोठा नै वन्द गरि कर्मचारी वस्ने वनाई सेन्टरको अस्तित्व नै सखाप पारेको छ ।
हुलाकमा ईन्टरनेटको सुविधा लिन आउँने स्थानीयलाई यहाँ त्यस्तो सेवा छैन , वजारमा गएर काम गर्नुहोस भन्ने जवाफ दिने गरेको डाडागाउँका रामवादुर पुनले वताए । जाजरकोट सदरमुकाममा साईवरहरु सञ्चालनमा नभएका कारण यहाँका स्थानीयहरु ईन्टरनेटका लागि हैरानी वेहोदै आएका छन् । हुलाकमा फेक्स सम्म गर्न नपाउँदै स्थानीयहरु आक्रोषित हुँदै आएका छन् । पहिले पत्रकार महासंघ संगको सहकार्यमा एक समिति गठन गरिएको भएपनि अहिले त्यो संरचना सवै हुलाकले नामेट पारिदिएको छ । हुलाकले सेवामा कटौती गरेसंगै स्थानीयलले पनि सेवाप्रवाहमा हुलाक प्रतिको आक्रषण घटेको वताएका छन् । काम, कारवाही ढिलो हुँने भएपछि सरकारी चिठी पत्र वाहेक अरु हुलाक वाट आज भोली नहुँने गरेको पाईएको छ ।





error: Content is protected !!