प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता प्रारम्भ युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीद्धारा प्रतियोगिताको उद्घाटन रेलवे र एपीएफको बिजयी शुरुवात

हेमन्तराज काफ्ले
नेपालगन्ज, साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा विजयी सुरुआत गरेको छन् । रेलवेले नेपाली विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६, २५– १४ ले हरायो । भारतीय राष्ट्रिय टोलीकी स्पाइकर अनुसी घोस र प्रिती सिंहले उत्कृष्ट प्रदर्शन गरेपछि रेलवेले उद्घाटन खेलमा सहजै जित हासिल गरेको हो । रेलवकी कप्तान अनुसी घोषले नेपाल पुलिस क्लबको स्पाइकर कमजोर हुँदा सहज जित हासिल गरेको बताइन । अनुसीले भनिन, पुलिस टिम कमजोर छैन । तर उनीहरुमा समन्वय मिल्न सकेको छैन ।
नेपाल पुलिस क्लब प्रतियोगिताको पुर्व विजेता टोली हो । चार वर्ष अघि देखी नेपालगन्जमा सुरु भएको प्रधानमन्त्री कप महिला भलिबलको पहिलो संस्करण पुलिसले जितेको थियो । तर त्यसपछि पुलिसले घरेलु प्रतियोगितामा उपाधि जित्न सर्घष गरिरहेको छ ।
पहिलो खेलमा हारको सामना गरेपछि पुलिसका प्रशिक्षक भरत शाहले नयाँ खेलाडी भएका कारण कमजोडी देखिएको बताए । शाहले भने, टिममा ५ नयाँ खेलाडी छन । उनीहरु अनुभवी टिमसँग खेल्दा आत्मविश्वास साथ सक्दैनन । हामी पुर्व विजेता भएपनि उपाधि जित्ने लक्ष्य लिएर आएको होइनन । हामी खेलाडीको आत्मविश्वासलाई बढाउनको लागी प्रतियोगिता खेलिरहेको छौं ।
पुलिसकी कप्तान कोपिला उप्रेतीले भारतीय टिममा अनुभवी र क्षमतावान खेलाडी भएका कारण खेल हारेको बताइन । उनले भनिन, भारतीय टिमको स्तर हाम्रो भन्दा राम्रो छ । तर हरेक वर्ष हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाए टोलीले राम्रो नतिजा निकाल्न सक्छ । त्यसका लागी हामीले प्रशिक्षण र स्तरीय प्रतियोगिता खेल्न जरुरी हुन्छ ।
रेलवेकी प्रशिक्षक दिप्ती घोषले नेपाली खेलाडीको हरेक खेलमा राम्रो फाइट दिने गरेको बताइन । उनले भनिन, हामी साविक विजेता हौं तर हरेक संस्करण जित्छौं भन्ने छैन । मलाई थाहा छ नेपाली खेलाडीको विशेषताको बारेमा । उनीहरु जुनसुकै बेला पनि कमब्याक गर्ने क्षमता राख्छन । केही टिममा क्षमतावान खेलाडी छन ।
प्रशिक्षक घोसले नेपाली खेलाडीले भारतीय खेलाडीको तुलनामा धेरै अवसरपाइरहेको बताइन ।
उनले भनिन, हामी दक्षिण एसियाको च्याम्पियन हो । तर घरेलु प्रतियोगिता नेपालमा धेरै हुन्छन । नेपाली खेलाडीले वर्षै भरी प्रतियोगिता खेल्छन ।यसले उनीहरुको क्षमता र अनुभवलाई बढाइरहेको छ ।
प्रधानमन्त्री कपले नेपाल र भारतको महिला खेलाडीलाई एउटा अवसर प्रदान गरिरहेको बताइन । उनले भनिन, भारतीय टोलीको दुइ खेलाडी हाम्रो टिममा छन । नेपाली क्लबहरुमा पनि राष्ट्रिय खेलाडी छन । यसले दुबै देशको खेलाडीले एक अर्कोको स्तर र खेल्ने शैलीलाई हेर्ने अवसर पाउँछन । नेपालमा प्रतियोगिता खेल्न आउँदा हामी उत्साही हुने गछौं ।
यसैगरी प्रतियोगिताको अर्को खेलमा एपिएफले कलकताको बर्षात एशोसियसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ र २५–६ ले हरायो । वर्षातले पहिलो पटक नेपालको प्रतियोगिता खेलिरहेको छ ।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । सोे अवसरमा युवा तथा खेलकुद मन्त्री श्रीपाइलीले राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका क्रिकेटर महेश क्षेत्रीलाई सम्मान गर्नु भएको थियो । नेपालगन्ज निवासी महेश चौथो प्रधानमन्त्री कप महिला भलिबलको सद्भावना दुत हुन । मन्त्री श्रीपाइलीले दोसल्ला ओढाएर महेशलाई सम्मान गर्नुभएको थिए । प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री श्रीपालले प्रधानमन्त्री कपलाई स्थानीय स्तरसम्म पुयाउनु पर्ने बताउनु भयो । आयोजक बाँके जिल्ला भलिबल संघलाई धन्यावाद दिदै वहाले भन्नुभयो, नेपालगन्जमा एउटा स्तरीय प्रतियोगिता गर्नु भएको छ । यसलाई नेपाल सरकारले आफ्नै प्रतियोगिताको रुपमा लिएको छ । आगमी वर्ष देखी प्रधानमन्त्री कप नेपाल सरकारको स्वामित्वमा आयोजना हुने छ । मन्त्री श्रीपाइलीले प्रधानमन्त्री कप भलिबललाई स्थानीय तहसम्म पुयाउनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, हामी खुसी छौं बाँके जिल्ला भलिबल सघले गरेको प्रतियोगितामा सहभागि हुन पाउँदा । प्रधानमन्त्री जस्तो प्रतिष्ठित नाममा आयोजना हुने भएकोले यसलाई नेपाल सरकारले आफनो प्रतियोगिताको रुपमा लिनु पर्छ । प्रतियोगितामा लाग्ने सम्पुर्ण खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ ।’
फागुनको १८ गते सम्म चल्ने प्रतियोगितामा भारतीय दुइ टोलीसहित नेपालको चार महिला भलिबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छन् । नेपालगन्ज रंगशालाको कभर्ड हलमा बाँके जिल्ला भलिबल संघको आयोजनामामा संचालित प्रतियोगितामा साविक विजेता रेलवे इन्डिया, भारतको अर्को टोली बर्षात एशोसियसन, एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र आयोजक मध्यपश्चिम टिमले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको समुह ए मा रेलवे टिम इन्डिया, नेपाल पुलिस, आयोजक मध्यपश्चिम, समुह बी मा एपिएफ, बर्षात एशोसियसन र त्रिभुवन आर्मी क्लब रहेको छन ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको यस प्रतियोगितामा नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गर्दै आएका छन् भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्टिय खेलकुद परिषदको बिशेष सहयोग रहँदै आएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन गरेको प्रतियोगिताको समापन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव बिष्टज्यूले गर्ने छन् ।










