……… गजल ………


कैयौं पुण्य किन्न पाहिन्छ पैसा भए पछि
माया प्रेम छिन्न पाहिन्छ पैसा भए पछि ।।

आफ्ना दूर हुन्छन् यहाँ दुस्ख आई पर्दा
नाता गोता चिन्न पाहिन्छ पैसा भए पछि ।।

कस्ले हेर्छ पुज्छ कसले दुस्खी दरिद्रलाई
छाती खोली हिन्न पाहिन्छ पैसा भए पछि ।।

यस्तो भन्छ नेताजीले मातृभूमि बेच्छु बरू
दुस्ख र् दर्द पिन्न पाहिन्छ पैसा भए पछि ।।

सब्को बन्छ हाईहाई यो मुस्कान त्यति बेला
साँच्चै भन्छु भिन्न पाहिन्छ पैसा भए पछि ।।

मान बहादुर के।सी। ९ मुस्कान देउडाप्रेमी
सँगमटोल टिकापुर ७ कैलाली हाल(यूएई





error: Content is protected !!