दर्शकौ पछि दुर्गममा नयाँ विद्यालयमा विद्यार्थी

जाजरकोट । यहाँको एक दुर्गम गाउँमा वषौ पछि भव्य भवण निर्माण भएको छ । करिव २४ लाखमा निर्माण भएको नेरा माध्यमिक विद्यालय सिमा ९ स्यापीको यो विद्यालय पाउँदा विद्यार्थीहरु निकै खुसी भएका पुर्व व्यवस्थापन समितिका अध्यक्ष पुर्णवहादुर महतराले वताउनुभयो ।
कक्षा कोठाको अभावमा वहुकक्षा शिक्षण देखि भुईमा वस्नुपर्ने वाध्यता थियो । विद्यालय निर्माण ंगंगै राम्रो संग वस्न पाउने भएपछि विद्यार्थीहरु वहुकक्षा शिक्षण र भुईमा वस्नुपर्ने वाध्यता हटेको महतराले वताउनुभयो । नवनिर्मित २४ लाखको भवण शनिवार निर्मित प्रमूख जिल्ला अधिकारी जनकराज शर्माले उद्घाटन गनुभयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह , प्रहरी प्रमूख भावेश रिमाल लगाएतको उपस्थिती रहेको रहेको थियो ।
अधिकांश मगर वस्ती रहेको स्यापी गाउँमा यहाँका मगरसमुदायले जिल्लाकै नमुना र यो वर्षको पहिलो विद्यालय निर्माण गरि कृतिमान कमाएका छन् ।










