खुल्ला दिशा मुक्त गरिएको जाजरकोटका गाउँहरु हेर्नुहोस

बाजा बजाएर गरिएको खुल्ला दिसामुक्त घोषणाले लिएन गती

wash-1-copyजाजरकोट । विभिन्न झाँकीहरु प्रदर्शनी र बाजा बजाएर गरिएको खुल्ला दिसाामुक्त घोषणाले गति लिन नसकेको जिल्लामा निस्कर्ष निकालिएको छ । २०७१ सालमै खुल्ला दिसा मुक्त जिल्ला घोषणा भएको जाजरकोटमा पुर्णसरसफाईले गति लिन नसकेपछि यस्तो निस्कर्ष निकालिएको हो ।

२०७१ पुस १८ गते देशकै २४ औं र भेरी अञ्चलकैं पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको जाजरकोटलाई सन् २०१७ भित्रै पुर्णसरसफाई जिल्ला घोषणा गर्ने सरसफाई रणनीतिक योजनाको लक्ष्य राखिएको थियो । तर, हाल सम्म जिल्लाका ४ वटा वडा र २ वटा टोल मात्र पुर्णसरसफाई गाउँ घोषणा भएका छन् । घोणा भएका गाउँमा भेरीमालिका नगरपालीका–१० नौगाउँ र वडानं–५ ईभर, पजारु–८ घोगी, झाप्रा–८ राँगा र नल्फु, सिमा–९ स्यापी, ढिमे–६ छहरागाउँ, सिमलगाउँ र रातीखाली रहेका छन् ।

बाँजा बजाएर, झाँकी पदर्शन गरेर, हात्ती चढेर घोषणा गरिएको खुल्ला दिसामुक्तले गति लिन नसकेको सुआहारा सरसफाई अधिकृत रबिन्द्र बिक्रम शाहीले वताए । प्रतिबद्धता जाहेर गरेका राजनैतिक पार्टीहरुले सरसफाईको योजनामा नगरेको उनले गुनासो ब्यक्त गरे ।

wash-1

सुधारिएको सरसफाई हुन जरुरी रहेको जिक्कीर गर्दै अधिकृत शाहीले सुरक्षित खानेपानी, उन्नत खानेपानी र दिगो स्वच्छता हुनु पर्नेमा जोड दिए । सुधारिएको खानेपानी श्रोत ब्यबस्थापन गरेर, उपयुक्त शुद्धिकरणका विधिहरु प्रयोग गरेर पानीको उपभोग गर्नु पर्ने शाहीले वताए ।

झाडापखाला जन्य रोगहरुवाट हुने मृत्यूदर खानेपानीको प्रयोगले १२ प्रतिशत, सुरक्षित खानेपानीको प्रयोगले ३९ प्रतिशत, शौचालयको प्रयोगले ३२ प्रतिशत र सावुनपानीले हात धोएमा ४५ प्रतिशत घटाउन सकिने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ ।

एक ग्राम दिसामा १ करोड भाईरस, १० लाख ब्याक्टेरिया, १ हजार परजीवि र १ सय जुकाका अण्डाहरु हुने बताईएको छ ।

पुर्ण सरसफाईका सुचकहरुमा सधै चर्पीको प्रयोग, साबुनपानीले हात धुनेबानीको बिकास, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा घर–आँगन–कार्यालय र वातावरणीय सरसफाई रहेका छन भने, सरसफाई कर्नर प्रयोगमा चर्पी प्रयोग गरेपछि, बच्चाको दिसा धोएपछि, फोहर बस्तु छोएपछि, खाना पकाउनु अघि, खाना खानु अघि र खाना खुवाउनु अघि साबुन पानीले मिची–मिची हात धुने बानीको बिकास गर्नु पर्ने रहेको छ ।

सन् २०२५ सम्म पुर्णसरसफाई देश घोषणा गर्ने सरकारको लक्ष्यलाई सघाउन जिल्लामा सरसफाई रणनीतिक योजना २०७१ निर्माण गरिएको थियो । जिल्लाको पुर्ण सरसफाई अभियानलाई सघाउन जिल्ला बिकास समिति, खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, नगरपालीका, गाविस, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, गैरसरकारी संस्था महासंघ, वार्म–पी हेल्भेटास नेपाल, पहल, सुआहारा र फण्डबोर्ड लगाएतका निकायले काम गरिरहेका छन् ।

 





error: Content is protected !!