मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको लागत ३९ अर्ब

काठमाडौँ , यस खण्डमा आयोजना कार्यान्वयन थालिएको ९ वर्षमा ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन भएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा परेको मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड निर्माण गर्न ३९ अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड कार्यालयले गरेको इस्टिमेटअनुसार उक्त रकम आवश्यक पर्ने देखिएको हो । यसअघि आर्थिक वर्ष २०६४(६५ मा आयोजना कार्यान्वयन थालनी गर्दा यस खण्डको लागत १४ अर्ब ३९ करोड लाग्ने अनुमान गरिएको थियो ।

मध्यपहाडी लोकमार्गको पश्चिम खण्डअन्तर्गत अन्तर्गत नुवाकोट जिल्लाको पातिभञ्ज्याङदेखि बैतडी जिल्लाको झुलाघाटसम्मको १ हजार ९७ किलोमिटर पर्छ । यस आयोजनाको रेखांकनमा नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडी गरी १४ जिल्ला जोडेर सम्पन्न हुन्छ । पश्चिमी खण्डमा पर्ने कुल सडकमध्ये ३ सय ३७ किलोमिटर सम्पन्न भइसकेको छ ।

आयोजनाअन्तर्गतका विभिन्न सडक खण्डको पछिल्लो विस्तृत आयोजना प्रतिवेदनअनुसार लागतमा वृद्धि हुँदै गएको हो । अहिलेको लागत अनुमान पहिलेको तुलनामा बढी यथार्थपरक रहेको छ,’ मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर बद्रीप्रसाद शर्माले भने । आर्थिक वर्ष २०६४(६५ देखि कार्यान्वयन थालिएको यस खण्डमा अहिलेसम्म ६ अर्ब रुपैया“ खर्च भइसकेको छ । चालू आबमा पश्चिमी खण्डका लागि सरकारको १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन भई खर्च भइरहेको छ ।

१७ महिनाभित्र सबै ठेक्का सम्पन्न गरिने
सरकारले आगामी १७ महिनाभित्र मध्यपहाडी लोकमार्गअन्तर्गत पश्चिमी खण्डमा पर्ने सबै सडकको ठेक्का व्यवस्थापन गरिसक्ने भएको छ । अहिलेसम्म यस खण्डमा रहेको कुल १ हजार ९७ किलोमिटर सडकमध्ये ४ सय ३५ किलोटिर ठेक्का व्यवस्थापन हुन बाँकी छ । त्यसबाहेक ३ सय ७४ किलोटिर कालोपत्रे भइसकेको छ भने २ सय ८८ किलोमिटरको कालोपत्रेको लागि ठेक्का लागिसकेको छ । आर्थिक वर्ष ०७४(७५ ९१७ महिना०भित्र ठेक्का सम्पन्न गरिने योजना राखिएका सडकहरूको अहिले विस्तृत आयोजना प्रतिवेदन तयारी भइरहेको मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर बद्रीप्रसाद शर्माले जानकारी दिए । ‘चालू आर्थिक वर्षमा १ सय १० किलोमिटरको ठेक्का सम्झौता गर्ने योजनामा छौँ,’ उनले भने ।

आव २०७७८ मा आयोजना सम्पन्न हुने
सडक विभागका अनुसार पछिल्लोपटक आयोजना सम्पन्न हुने अवधि वृद्धि गरिएको छ । संशोधित नया“ योजनाअनुसार आव ०७७(७८ मा आयोजना सम्पन्न गरिनेछ । यो सुरुमा राखिएको लक्ष्यभन्दा ३ वर्ष ढिलो हो । यसअघि आर्थिक वर्ष २०७४÷७५मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

३२ पुल निर्माण गर्न बाँकी
अहिलेसम्मको अध्ययनले मध्यपहाडी लोकमार्गको पश्चिम खण्डमा ८० वटा पुल निर्माण गर्नुपर्नेछ । त्यसमध्ये आयोजना सुरु हुनभन्दा पहिले २३ वटा निर्माण भइसकेका थिए भने अहिलेसम्म २५ वटा सम्पन्न भइसकेका छन् । बाँकी ३२ वटा पुल निर्माण आर्थिक वर्ष २०७७(७८ सम्ममा सम्पन्न गर्ने योजना छ।

आयोजनाका समस्या
निर्माण सामग्रीको अभाव
स्थानीय निर्माण सामग्री निकाल्न बन्देज
क्रसर सञ्चालनमा रोक
प्राविधिक जनशक्तिको अभाव
यस्तो छ मध्यपहाडी राजमार्गको मापदण्ड

गति  ५० किलोमिटर प्रतिघण्टा

राइट अप वे स् २५ मिटर ९सडकको बीचदेखि

कालोपत्र  ७ मिटर नालीलगायतको सबैको फराकिलो

क्षेत्र  ८ दशमलव ५० मिटर





error: Content is protected !!