द्धन्द्धले वनायो उजाड घर , वालवालिकाको भविश्य अन्यौलमा

लक्ष्मण रसाइली
जाजरकोट । जन्म पछी हरेक बालबालिकाहरु का हरेक चाहाना इच्छा हरु जन्म दिने आमा र बाबू को जिम्मेवारि हो।तर कतै कतै ती बालबालिकाहरु ती चाहाना त के माया सम्म राम्रो संग नपाउदै बाबू गुमाउनु र आमाले छोडेर जादा बिचलित परेका छन।
लहँ ७,डोल्पा का बाबू बुद्दी बिक को द्धन्द्धकालमा मृत्यु र आमा रुपा बिक ले दोस्रो बिहेका कारण छोडेर जादा चार बच्चा बच्ची बिचल्ली परेका हुँन् । जसमा दस बर्षिय पार्बती बिक,आठ बर्षिय चन्द्रा बिक ,६ बर्षिय निर्मला बि क,र ४ बर्षिय अनिल बि क रहेका छन। स्थायी घर डोल्पा भएका बुद्दी को दन्द्दकाल मै मृत्यु भयको थियो भने उनकी श्रीमती रुपा ले जाजरकोटमा दोस्रो विवाह गरेर गएपछि बालबालिका बिचलित परेका छन् ।रुपा को माइती घर पनि जाजरकोट कै ढिमे २ मा रहेको छ। बालबालिका हरु माउली घर ढिमे बस्दै आएका छन। माउली घरको पनि एकदमै नाजुक अबस्था भएको कारण ती बालबालिका हरु को लालनपालन तथा पठनपाठन मा निकै समस्या माउलीले वताएका छन् । विचल्लीमा रहेका बालबालिका को अहिले दैनिक गास ,वास र कपास संगै पढाईमा समेत असर पदै आएको माउलीले वताएका छन् ।
१० बर्षिय वालिका पार्वती भन्छिन् वावाको पहिले नै निधन भो,आमाले छोडेर गइन,हाम्रो घर डोल्पा मा कोहि पनि आफन्त छैनन,र हामी माउली घर आयौ तर माउलीको घरमा पनि समस्य छ ,एकदमै नाजुक छ हामी लाई खान ,लगाउन बस्न समेत छैन ,कतै बाट सहयोग भए केही हुन्थ्यो कि ?










