प्रशाषणले ताला फोडेर काम सञ्चालन

जाजरकोट । यहाँको स्थानीय प्रशाषणले सेवा ग्रहीको काममा वाधा पुगेको भन्दै ताला फोडेपछि आज देखी स्थानीयको काम भएको छ । जिल्ला विकास र भेरी मालिका नगरपालिका मा लगाएको ताला स्थानीय प्रशाषणले फोडेको हो । आज दिनभरी स्थानीय निकायका कर्मचारीहले प्रशाषणले ताला फोडेको भन्दै चर्को विरोध समेत गरेका छन् ।
एक पत्रकार सम्मेलन गदै आफनो माग प्रति स्थानीय प्रशाषण उदासिन भएको आन्दोलनमा उत्रियका कर्मचारीले आरोप लगाएका छन् । आन्दोलनका उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले आफ्नो उर्जा सिल समय भरी राज्यले लुटेको भन्दै आक्रोष व्यक्त गरे । २० औ वर्ष सम्मा काम गर्दा पनि कामको मुल्यांकन नभएको भन्दै राज्य वर्वर भएको आरोप समेत लगाए ।










