विद्युत प्राविकरणको जाजरकोटमा शाखा स्थापना गर्न माग

हेमन्त के सी
जाजरकोट , नेपाल विद्युत प्राविधकरणको जाजरकोट सदरमुकाममा शाखा स्थापना गर्न माग गरिएको छ । यहाँको जिल्ला प्रशाषण कार्यालयमा वसेको सर्वदलिय वैठकले यस्तो माग गरेको हो ।
जाजरकोट सदरमुकाममा विद्युतको केन्द्रिय लाईन विस्तारको अन्तिममा चरणमा पुगेको वेला यहाँ आज वसेको सर्वदलिय वैठकले यस्तो माग गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले वताए । यहाको सदरमुकाममा विद्युतको केन्द्रिय लाईन पुगेपछि विद्युत महसुल वुझाउन वाहिर जाँनुपर्ने समस्यलाई मध्यनजर गदै वैठकले जाजरकोटमा शाखा विस्तार गर्न विद्युत प्राधिकरणलाई अनुरोध गरेको छ । जाजरकोट सदरमुकाममा अहिले सञ्चालनमा रहेको साङट रिसाङ्ग लद्युजलविद्युत आयोजनालाई केन्द्रिय लाईनमा जोड्का लागि आवश्यक प्रक्रिया पु्याउन समेत अनुरोध गरेको छ । ९९ किलोवाट क्षमताको यो लद्यु जलविद्युत ले यहाँको सदरमुकाम लगाएत आसपासका ठाउँमा समेत सेवा प्रवाह गदै आएको छ । केन्द्रिय लाईन विस्तार संगै यो लद्यु विद्युतलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले यहाँ उत्पादित विद्युत लाई यहाँका ग्रामीण क्षेत्रमा विस्त गर्ने अथवा केन्द्रिय लाईनमा जोड्ने भन्नेमा अन्यौलता चलिरहेको वेला दलिय वैठकले केन्द्रिय लाईनमा जोड्नका लागि आवश्यक प्रक्रृया वढाउन नेपाल विूत प्राविधिकरणलाई पत्र लेखि अनुरोध गरेको हो ।
सवै कर्मचारीहरु लाई स्थायी गराइएको छ । कर्मचारीहरु समेत व्यवस्थापन गर्नुपर्ने वाध्यता रहेको छ । रुकुमको चौरजहारीमा समेत विद्युतको महसुल तिर्न सदरमुकाम मुसीकोटमा जाँने अवस्थालाई अन्त्य गरि जाजरकोट सदरमुकामका भएमा नजिकै वाट सेवा प्रवाह गर्न सजिलो हुँने देखिन्छ । जाजरकोटको कुदु र रुकुमको चौरजहारीमा अहिले केन्द्रिय विद्युत पुगीसकेको छ । जाजरकोट सदरमुकाम केन्द्रिय लाईन विद्युत विस्तारका लागि लाईन तान्ने काम भईरहेको छ । ३३ के भी प्रसारण लाईन मार्फत जाजरकोट सदरमुकाममा विद्युत आउने यस प्रशारणका प्रमूख दिपकजंग चौधरीले वताए ।
भेरीमालिका नगरपालिकाको कुदुमा केन्द्रिय विद्युतको लागि सव स्टेशन निर्माण कार्य जारि रहेको छ । दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित अहिले कामलाई तिव्रता दिईएको छ । यहाँको सदरमुकाम लगाएत आसपासका क्षेत्रमा समेत छिटो ग्रामीण विद्युतिकरण मार्फत लाईन विस्तार गरि सेवा दिन स्थानीयले माग समेत गरेका छन् ।










