कुपोशनकै कारण नावालकको मृत्यू

हेमन्त के सी
जाजरकोट  । कुपोशनका कारण जाजरकोटमा एक नावालकको मृत्यू भएको छ । वुधवार वेलुका कुपोशनका कारण जिल्लाको पजारु ९ का १४ महिनाका अनेगत नेपालीको मृत्यू भएको स्थानीय स्वास्थ्य संस्थाका सिनिएर अहेव पे्रमवहादुर शाही वताउनुभयो ।
१४ महिनाका वालकको तौल ५ के जी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलंगामा लिने तयारी गदै गर्दा वालक नेपालीको मृत्यू भएको स्थानीय गोपाल गिरीले वताउनुभयो । आमा हिरा नेपाली र वावु कर्णवहादुर नेपालीका अनेगत पहिलो सन्तानका रुपमा रहेका थिए । कुपोशित भएको खवर सुन्न वितिकै सुआहाराका प्रतिनिधी , स्वास्थ्य संस्थाका प्रतिनिधी र स्थानीयको पहलमा ति वालकको उदारको तयारी भएको केही घण्टामै मृत्यू भएको गिरीले वताउनुभयो ।
कुपोशित वालक कुपोशनका कारण विरामी भएको वेला धामी,झाँक्री लाई देखाउदा समयमा उपचार हुँन सकेको थिएन । मृतक वालकको मुख पाकेको , दिसामा रगत समेत देखा परेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!