माओवादीको एजेण्डामा देश चलेको छ नेता — पुर्व गृहमन्त्री वस्नेत

जाजरकोट । संविधानका कार्यान्वयन गरि देशको निकास दिने माओवादी केन्द्रको मुख्य जिम्मेवारी भएको पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताउनुभयो । देश अहिले माओवादीका एजेण्डामा वरीपरि घुमीराखेको नेता वस्नेतले दावी गर्नुभयो । नेकपा (माओवादी केन्द्र)वारेकोटले लिम्सामा गरेको आमसभामा वोल्दै नेता वस्नेतले यस्तो वताएका हुँन् ।

शिक्षामा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै नेता वस्नेतले आफन्तलाई जागिर खुआउनका लागि खोलीएको विद्यालयको वारेमा सोच्न वाध्य हुनुपर्ने उहाँको भनाई छ । केन्द्रवाट विकास निर्माणका लागि पठाएको वजेट सहि रुपमा प्रयोग गरि विकास शिल जाजरकोट वनाउन आमसमुदायलाई उहाँले आग्रह गर्नुभयो । विकास नगरी कागजमा काम सम्पन्न भएको भन्दै केही मानिसवाट जिल्लाको विकास निर्माणको कामलाई वाधा पुगेको भन्दै त्यस्तालाई तत्काल कारवाही हुनुपर्ने उहाँको भनाई छ । वारेकोटमा विकास गर्नका लागि आफुले कुनै कसर वाँकी नराख्ने उहाँको भनाई छ ।
आमसभामा विभिन्न राजनीतिक दलवाट एक सय भन्दा वढीले माओवादी केन्द्रमा प्रवेश गरेको त्यहाँवाट पत्रकार कालीप्रसाद थापाले वताउनुभयो ।










