स्थानीय विकास अधिकारी पण्डितले आउँदा आउँदै यस्तो कदम, काम नगर्ने ठेकेदारलाई सात दिन भीत्र उपस्थित हुँन निर्देशन

जाजरकोट  । स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डित ले लामो समय देखी मोर्कखोलाको पुल निर्माणको काम नगरि वसेको ठेकेदारलाई सात दिन भीत्र उपस्थित हुँन निर्देशन दिनुभएको छ । सर्वउद्धार फेन्डस काठमाण्डौलाई पुल निर्माणको म्याद सकिदा सम्म कुनै पनि पुलको काम सन्तोषजनक नगरेको भन्दै स्थानीय विकास अधिकारीले सात दिन भीत्र कार्यालयमा उपस्थित हुँन निर्देशन दिनुभएको हो । निर्देशनको पालन नगरि अटेर गरेमा कानुन अनुसार कालोसुचीमा राख्ने पण्डितले वताउनुभयो । मोर्कखोलाको पुल पाँच वर्ष देखी निर्माण कार्य सम्पन्न नभएपछि स्थानीय विकास अधिकारी पण्डित जाजरकोट आए लगत्तै यस्तो निर्देशन दिनुभएको हो । स्थानीयले समयमै पुलको काम नगर्ने ठेकेदारलाई कारवाहीको लागि माग गरेका छन् । काम नगर्ने ठेकेदार , उपभोक्ता समिति जो सुकैलाई भएपनि कारवाही गर्न पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का संसाद शक्तिवहादुर वस्नेतले स्थानीय विकास अधिकारी पण्डितलाई निर्देशन दिए लगत्तै यस्तो कदम चालिएको हो ।

स्थानीय विकास अधिकारीले पटक ,पटक टेलिफोन कामको विषयमा जानकारी गराउन खोज्दा कम्पनीले लापरवाही गरेको पाईएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!