चन्दलाई पदस्थापन नगर्न सर्वोच्चको अर्को आदेश

फाल्गुन ,सर्वोच्च अदालतले सरकारले प्रहरी महानिरीक्षक आईजीपीमा नियुक्त गरेका जयबहादुर चन्दलाई पदस्थापन नगर्न अर्को आदेश जारी गरेको छ ।

सोमबार सुशीला कार्कीको इजलाशले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
आइतबार दिएको आदेशलाई यथावत राखी यो मुद्दालाई कपिलदेव ढकालले दायर गरेको रिटसँगै राखेर आगामी ८ गते पेश गर्न आदेश दिएको हो ।
रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, तुलसी भट्ट, अधिवक्ताहरु गोविन्द बन्दी, टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, ऋषिराम घिमिरे लगायतले बहस गरेका थिए ।
आफू ज्येष्ठ डीआईजी भएको र प्रहरी महानिरीक्षक नियुक्त गर्दा ज्येष्ठताको पक्ष ख्याल नगरिएको भन्दै नवराज सिलवालले आइतबारको निर्णय खारेजीको माग राखी सर्वोच्चमा रिट दिएका थिए । उनले हरेक पटकको बढुवा, जिम्मेवारी र समूहमा एक नम्बर सूचीमा आफू रहेकामा गैरकानुनी स्वेच्छाचारी, संविधान र कानुनी सिद्धान्तविपरीत चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको भन्दै सरकारको आदेश बदरको माग राखेका छन् ।










