प्रबाश बाट नै प्रकाश को “अधुरो माया”लघु कथा

                   ❤अधुरो मायाँ❤

गाउँले परिवेश मा हुर्किएको त्यस माथि घरको एक्लो छोरा
दुई दिदी हरुलाई बेलैमा अन्मनाएर पराई लाई सुम्पिसकेका थिए उ सबैको प्यारो चुलबूले बानी सबै संग बोली हाल्ने मिजासिलो स्वभावको उ थियो । गाउँ न हो घाँस दाउरा मेला पात गर्नुपर्थ्यो ।

बुबा आमालाई सधैँ सघाउथ्यो र गाउँ देखि परको स्कुल जानुपर्छ उसलाई उमेर को हिसाबले त उ भर्खरै पन्ध्रौ बसन्तमा टेक्दै छ उ कसैलाई मन पराउन थाल्छ ।

परिवेश यस्तो बन्दीन्छ कि उ भन्न चाहेर पनि उसलाई भन्न सकिरहेको हुदैन । अल्लारे बुद्धि त हो नि नयाँ बर्ष को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्ड को साहरा मा सानो पत्र को कोरेर साथी को माध्यमबाट उसलाई हस्तान्तरण गर्न सफल हुन्छ ।

हप्ता दिन पछि जवाफ आउँछ । कार्ड कै साथमा लामो पत्र त्यही साथी कै माध्यमबाट प्रेमका आकुरा हरु पलाउन थाल्छ ।
भेटेर मनका बह हरु पोख्न त सक्दैनन् तर पत्र निरन्तर चलिरहेको हुन्छ ।

दैव संजोग एकदिन गाउँ देखि पर बार्षिक मेला मा भेट हुन्छन्
साथी हरु बिचमा धेरै मनको कुराहरू त बोल्दैनन तै पनि खुसी बन्दछन । आफ्नो पढाइ घरको दैनिकी मेला पात संगै संगै जान्छन् दुवै खुसी छन ।

पत्र आदान प्रदान तर एक दिन एकाएक कसैको सानो कुरो ले मन मुटाव हुन पुग्छ । संगै हिडे पनि बोल चाल बाराबार हुन्छ । पत्र महिनौ सम्म चल्दैन एकाएक परिवर्तन हुन्छन । हिम्मत गरेर एउटा अन्तिम पत्र लेखेको हुन्छ उसलाई ।

त्यस भित्र सुरुदेखि कुराहरू पोखेको हुन्छ भन्छ मेरो मायाँ लाई बुझिनौ तिमीलाई मलाई छाडेर आत्मा सन्तुष्टि मिल्छ भने जाउ रमाउ कुनै छेकवार छैन म संम्झने छु मेरो भाग्यमा यही रहेछ तिमी दुःखी कहिल्यै नबन्नु म तिम्रो जीवनमा पर्खाल बन्न चाहिँन स्वतन्त्र छ दुनियाँमा इच्छा बिपरित जवरजस्ती को सम्बन्ध गास्नु उचित ठानिन मैले तिम्रो हृदय जो राम्रो लाग्छ गर इत्यादि
लेखेर उही पुरानो साथी लाई दिन्छ ।

उ बिचमा नै अध्यन रोकेर गाउँबाट बहिर जान्छ बर्षै पछि उ गाउँमा फर्केर आउँछ अर्को गाउँ मै उस्को बिबाह भएको रहेछ . उ अतित का पल हरु सम्झदै आफ्नो भाग्य लाई दोष दिन्छ । उस्को उमेर ले पनि डाँडा काटिसकेको हुन्छ अनि बिबाह नगर्ने निर्णय गर्दछ । भन्छ मायाँ एकपल्ट हुन्छ बारम्बार हुदैन ।
उस्को एक्लो जीवन बिन्दास चलिरहेको छ ।

प्रकाश घिमिरे अन्जानयात्री परदेशी
रकुवा ३ नवलपरासी
हाल दोहा कतार





error: Content is protected !!