घरको वारदलीवाट धकेलेर एकको मृत्यू

जाजरकोट  । यहाँका थालारैकर ९ का ३२ वर्षीय पुर्ण वहादुर रोकायको मृत्यू भएको छ ।
थालारैकर ९ कै ३२ वर्षीय जयवहादुर रोकायले स्थानीय जरिमान रोकायको घरको वारदलीवाट पुर्णवहादुर रोकायलाई धकेल्दा कडा जमिनमा पर्दा पुर्णवहादुर रोकाय माघ २८ गते घाईते भएका थिए । घाईते पुर्णवहादुरको उपचारका लागि सुर्खेतको मटेलामा लैजाँदैगर्दा थालारैकरको वडा नं ८ वाटो मा सोमवार विहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
पुर्णवहादुर लाई घरको वरदलीवाट धकेल्ने जयवहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसनधान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
हेमन्त के सी रासस जाजरकोट




सम्बन्धित समाचार


error: Content is protected !!