सुकेका काठ विक्री वितरणमा रोक लगाएपछि खेर जाने सम्भावना

जाजरकोट । यहाँको जिल्ला वन कार्यालयले सुकेका सल्लीका रुखहरु काट्न रोक लगाएपछि काठ खेर जाँने सम्भावना वढेको छ ।
विभिन्न खोटो कम्पनीहरुले जथाभावी खोटो निकालेपछि सल्लीका रुख सुकेका थिए ।

सुकेका रुखहरु विभिन्न वन समुहले कुहिन र जल्नवाट जोगाउँन सुकेको काठ विक्री गर्ने तयारी गरेका वेला जिल्ला वन कार्यालयले विक्री वितरणमा रोक लगाएको हो । वन कार्यालयले सुकेका काठ विक्रीवितरणमा रोक लगाएसंगै यहाँका वन समुहहरु काठ खेर जाँने हो कि भनेर चिन्तित भएको वताएका छन् । जिल्लाका सिमा,जुगाथापाचौर,कार्कीगाउँ लगाएतका आधा दर्जन गाविसमा सुकेका सल्लीको काठ काट्न वन कार्यालयले प्रतिवन्ध लगाएको हो ।
सुकेका काठहरु लिनका लागि विभिन्न काष्टउद्योगले वन समुह संग सम्झौत गर्न तयार भएको वेला काठ विक्री वितरणमा प्रतिवन्ध लगाएपछि समस्य भएको छ । सुकेर ढलेका, काठहरु सदुपयोग नगर्ने हो भने कुहिएर खेर जाने भन्दै वन समुहहरु चिन्तित भएका छन् ।
हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!