जाजरकोटमा जनचेतना वढाउँन धामी,झाक्रिलाई तालिम

जाजरकोट, २९ माघ । यहाँका १० वटा गाविसमा रहेका धामी, झाँक्रीलाई स्वास्थ्य सेवा सम्वन्धि तालिम दिन लागिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मातृ नवशिशु तथा स्वास्थ्य क्षेत्रलाई जोडेर जाजरकोटका १० गाविसका धामी झाक्रिीलाई तालिम दिन लागिएको हो ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा सञ्चालित सो कार्यक्रमले यहाँका गाउँका धामी झाँक्रीलाई स्वास्थ्य जनचेतना फैलाउनका लागि तालिम दिन लागिएको छ । तालिममा नियमित गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा पुग्ने महिलाहरुलाई आयोडिनयुक्त नुन र साबुन उपहार दिने परियोजनालाई सहयोग पुग्ने भन्दै यहाँका धामी,झाँक्रीलाई तालिम दिन लागिएको हो । कार्यक्रममले जिल्लाका १० वटा गाविसमा रहेका माध्यामिक बिद्यालय स्तरीय बिद्यार्थीहरुलाई प्रजनन् स्वास्थ्य र सरसफाई सम्बन्धि अभिमुखिकरण, स्वास्थ्य संस्थाहरुमा स्थलगत समीक्षा, गाविस स्तरमा अभिमुखिकरण, आमा समुहहरुमा सवलीकरण, गर्भवति तथा सुत्केरी आमाहरुलाई स्वास्थ्य शिक्षा, घरमुलीलाई स्वास्थ्य शिक्षा, आपतकालिन स्वास्थ्य कोष स्थापना, प्रसुति केन्द्रमा सवलीकरण तथा उपकरण सहयोग लगाएतका कृयाकलाप सञ्चालन गर्ने छ ।
जिल्लाको झाप्रा, पजारु, सुवानाउली, दशेरा, मजकोट, कोर्ताङ, गर्खाकोट, अर्छानी, टालेगाउँ र ढिमे गाविसमा उक्त परियोजनाले सन् २०१९ जुलाई सम्म काम गर्ने कार्यक्रमका अधिकृत अनिशा शर्माले जानकारी दिईन् । परियोजनाले पहुँच भन्दा बाहिर रहेका आमा तथा नवजात शिशु र बालबालिकाहरुको स्वास्थ्य अबस्था सुधार गर्ने, पहुँच भन्दा बाहिर रहेका समुदायको स्वास्थ्य सेवाको पहुँच र प्रयोगमा बृद्धी गर्ने सेभ द चिल्ड्रेनका प्रतिनीधि चन्द्रसिंह सेजुवालले वताए । मोहतरी, बाँके र जाजरकोट जिल्लामा सञ्चालन भएको कार्यक्रमले मातृ तथा नवजात शिशुको मृत्युदरलाई न्युनिकरण गर्ने सेजुवालले तर्क गरे ।
तीन बर्ष सम्म जिल्लामा सञ्चालन हुने परियोजनाको चालु आर्थिक बर्षका लागि ३९ लाख ५७ हजार ७ सय ५० रुपैया स्वीकृत बजेट रहेको बताईएको छ । जसमा कार्यक्रम सञ्चालन तर्फ २१ लाख ९४ हजार ५ सय र प्रशासनिक खर्च तर्फ १७ लाख ६३ हजार २ सय ५० रुपैया रहेको जानकारी दिईएको छ ।
परियोजनाले हासिल गर्ने उपलब्धीलाई ठोस रुपमा किटान गर्नु पर्ने स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डीतले वताए । जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका प्रमुख अथिति समेत रहेका स्थानिय विकास अधिकारी पण्डीतले महिला तथा बालबालिकाका क्षेत्रमा कुल बजेटको २० प्रतिशत भन्दा बढी प्रशासनिक खर्च गर्न नहुने जानकारी दिए ।
सबै क्षेत्रवाट आएका रचनात्मक सल्लाह सुझावहरुलाई आत्म साथ गरेर परियोजनालाई घनिभुत रुपमा सञ्चालन गर्ने पाँचतारा संरक्षक मञ्चका अध्यक्ष रविन्द्र विक्रम शाहले वताए । बिगतका बर्षमा जिल्लामा फैलिएको झाँडापखाला, ईन्फुलुएन्जा जस्ता प्रकोप र कुपोषणका क्षेत्रमा देखिएको डरलाग्दो तथ्याङ्कले आफ्नो संस्थालाई निकै गम्भिर बनाएको पाँचतारा यूवा संरक्षण मञ्चका रविन्द्र शाहले वताए ।




सम्बन्धित समाचार


error: Content is protected !!