नेपालदेखि स्कटल्याण्डसम्म साम्राज्य खडा गर्दै रामदेव कुन–कुन ठाउँमा छ रामदेवको जमीन ?

काठमाडौं। सन् २००७ मा जब पतञ्जली आयुर्वेदको स्थापना भएको थियो । दश वर्षमै यो कम्पनीले उच्च श्रेणीमा बहुराष्ट्रिय कम्पनीको चुनौती पेश गर्न सक्ला भन्ने कसैले सोँचेको थिएन । तर भइदियो त्यस्तै । योग गुरु रामदेवले ब्यानरदेखि लिएर टेलिभिजनसम्म आफ्नो उत्पादनको प्रचारप्रसार गरिरहेका छन् । साथै उनको कम्पनीले अहिले हजार करोडको साम्राज्य बनाएको छ ।
सन् २०१५र१६ मा पतञ्जली आयुर्वेदको आम्दानी ५ हजार करोडसम्म पुगेको थियो, जुन पछिल्लो वर्षको तुलनामा १ सय ५० प्रतिशत बढी हो । कम्पनीले २०१६र१७ मा १० हजार करोड आम्दानीसम्म पुग्ने लक्ष्य लिएको छ ।

पाँच वर्षमै कम्पनीको आम्दानी १० गुना भन्दा माथि आएको छ । यति गतिमा सफलताका साथ पतञ्जली आयुर्वेद विस्तार भइरहेको छ । यो कम्पनीले भारतको केही राज्यमा नयाँ प्लान्ट तथा फुड पार्क बनाइरहेको छ ।
भारतको कुन–कुन ठाउँमा रामदेवको जमिन छ भन्ने जान्नुहोस् ।
असम
भारतको असमस्थित तेजपुरमा पतञ्जली आयुर्वेदको हर्बल तथा मेगा फुड पार्कका लागि एक सय ५० एकड जमीन दिइएको छ । रामदेवले असमका उद्योगमन्त्री चन्द्रमोहन पटवारीसँग कुरा गरी अरु ३३ एकड जमीन माग गरेको इकोनोमिक टाइम्सले जनाएको छ ।
१२ सय करोड भारुमा यो पार्कमा वर्षेनी १० लाख टन क्षमताको उत्पादन हुने गरेको छ ।
उत्तर प्रदेश
उत्तर प्रदेश सरकारले गत नोभेम्बरमा पतञ्जली आयुर्वेदको ग्रेटर नोयडामा २ हजार करोड भारुको फुड पार्क निर्माणको अनुमति दिएको छ । साथै समुहका लागि यमुना एक्सप्रेसमा ४५० एकड जमीन दिन पनि सरकार सहमत भएको छ । यो इकाइ पूरा क्षमतासम्म पुगेपछि वर्षेनि २५ हजार करोड भारु बराबरको उत्पादन गर्दछ ।
मध्य प्रदेश
शिवराज सिंह चौहानको मध्यप्रदेशमा पनि रामदेवको पतञ्जली आयुर्वेदले आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ । मध्यप्रदेशको धार जिल्लामा ५ सय करोडको खाद्य प्रशोधन केन्द्र निर्माणको तयारी भइरहेको छ । यसका लागि रामदेवको कम्पनीका ४ सय एक जमिन दिइएको छ ।
महाराष्ट्र
महाराष्ट्रको नागपुरमा पतञ्जली मेगा फुट तथा हर्बल पार्कको आधारशिला खडा गरिएको छ । यो फुड पार्क २ सय ३० एकड जमिनमा फैलिएको छ । यहाँबाट पतञ्जली आयुर्वेदको मध्य तथा पश्चिमी भारतको बजारसम्म आफ्नो पहुँच विस्तार गरेको छ ।
आन्ध्र प्रदेश
योग गुरु रामदेवले उत्तर तथा मध्यदेखि दक्षिण भारतसम्म नै आफ्नो उत्पादन फैलाउने प्रयास गरिरहेका छन् । हालै पतञ्जली आयुर्वेदका सीईओ बालकृष्ण कृष्णापटनम बन्दरगाह तथा त्यस आसपासका औद्योगिक क्षेत्र भ्रमण गरी फर्किएका थिए ।
नेल्लोर जिल्लामा शुरु गरी रामदेवले आफ्नो कारोबारको साम्राज्य दक्षिण भारतसम्म फैलाउन चाहेका छन् । हाल पतञ्जली आयुर्वेदको सबैभन्दा ठूलो केन्द्र हरिद्वारमा रहेको छ । पतञ्जलीले फुड तथा हर्बल पार्कमा अलग अलग तरिकाको काम गरिरहेको छ ।
भारतमा मात्र सीमित नभइ पतञ्जलीले नेपालमा पनि आफ्नो साम्राज्य विस्तार गर्दै गएको छ । केही समयअघि मात्रै बारा जिल्लामा पतञ्जली कम्पनी उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत पुगेका थिए ।
यस्तै, स्कटल्याण्डमा पनि पञ्जली योगपीठ ट्रष्टको द्विप निर्माण गरिएको छ । जहाँ योग पर्यटन वृद्धिमा जोड दिइएको छ । एजेन्सीको सहयोगमा ।




सम्बन्धित समाचार


error: Content is protected !!