जनयूद्ध पछि माओवादी केन्द्रिय नेता पहिलो पटक कम्यून वस्तीमा

जाजरकोट । जनयूद्धको समयमा गाउँ गाउँमा भेटिने माओवादी केन्द्रका ,केन्द्रिय स्तरका नेताहरु शान्ति काल पछि पहिलो पटक गाउँ गाउँमा भेटिन थालेका छन् । सरकारले चुनावको मिति घोषण गर्ने तयारी गरिरहेको वेला जनयूद्ध सम्झिदै माओवादी केन्द्रका केन्द्रिय स्तरका नेता गाउँ भेटिन थालेको हुँन् ।
जनयूद्धको समयमा फागुन १ लाई भव्य रुपमा मनाउदै ,विभिन्न रणनीति वनाउने माओवादीका नेताहरु अहिले कसरी चुनाव जित्न सकिन्छ भनेर जनतालाई फकाउदै जाजरकोटका कम्यून वस्तीमा भेटिन थालेका हुँन् । शान्तिकालमा गाउँ विर्सिएको आरोप खेपिरहेका माओवादी नेताहरु १० माओवादीको एकता पछि राजैनीतिक रुपमा हौसला वढेको र अव एकता वद्ध भएर जनताको पक्षमा लड्ने उद्घोष गदै गाउँ गाउँमा लागेको सुन्न पाईन्छ । नेकपा (माओवादी केन्द्र) जाजरकोटले पहिलो पटक पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सभाषद् शक्तिवहादुर वस्नेतलाई शान्तिकाल पछि कम्यून वस्ती , टनेल,बुवङकर यूद्ध लड्न वनाएका वस्तीमा लिएर जनताका पिर ,मर्का र विकास निर्माणका कुरा गदै छ । शक्तिवहादुर वस्नेत अहिले जाजरकोटका गाउँ गाउँमा जनभेला , कार्यक्रता प्रशिक्षणमा सहभागी हुँदै आउनुभएको छ । सदरमुकाम सम्म आएर काठमाण्डौ मात्र धाउने शक्तिवहादुर वस्नेत अहिले गाउँ , गाउँमा भेटिदा यहाँका माओवादी कार्यक्रता समेत खुसी भएको भेरीमालिका नगरपालिकाकी संयोजक शान्ता विकले वताउनुभयो ।
जनयूद्धको वेलामा सञ्चालनमा ल्याएका कम्यूनहरु अहिले अवशेषको रुपमा मात्र जुनी र सिर्के ज्यूलामा रहेका छन् । शहिदका छोरा,छोरी पढ्नका लागि निर्माण गरिएका यहाँका विद्यालयहरु अहिले नामनिसानै नभएको अवस्था रहेको छ । जनयूद्धको वेला ठुलो जन,धनको क्षेति जाजरकोटले व्याहोरेको थियो । त्यस्तै प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसम्पर्क सल्लाहकार रामदिप आचार्य पनि जाजरकोटको सिर्केमा रहेको कम्यून वस्तीमा पुग्नुभएको छ । माओवादीले आज जाजरकोटका ५ ठाउँमा आमसभाको आयोजना गरेको छ । माओवादी संग यहाँका जनताहरुले विकास, निर्माण , संविधान कार्यान्वयन भएको देख्न चाहेको वताउँदै आएका छन् । यहाँका जनता , सहिद परिवार भन्छन् अव त्यस्तो यूद्ध कहिले नहोस ।
हेमन्त के सी रासस










