विद्यालयलाई आल्वोनियम वोर्ड सहयोग

माघ २८ जाजरकोट । यहाँको एक विद्यालयलाई आल्वोनियमको वोर्ड वितरण गरिएको छ । जिल्लाको भेरीमालिका २ पुरानो रिसाङ्ग स्थित जनता प्रावि लाई यूवा जागरण विकास केन्द्र यार्सन वालवालिका तथा यूवा शशक्तिकरण कालितास अष्टिलियनको कार्यक्रम मार्फत ३ वटा आल्वोनियम वोर्ड र एक दर्जन मार्कर वितरण गरिएको हो । यो विद्यालयमा वोर्ड नहुँदा शिक्षकले भट्याएको आधारमा विद्यार्थीहरु पढ्ने गर्दथे । यार्सनले आल्वोनियम वोर्ड वितरण गरेसंगै अव विद्यालयमा विद्यार्थीहरुलाई वोर्डमा लेखेर सिकाउन सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलवहादुर पुनले वताए । यार्सन द्धारा जिल्लाका विभिन्न विद्यालयमा द्धन्द्ध पिडित विद्यार्थीहरुलाई शैक्षिक सामग्री ,झोला समेत वितरण गरिएको कार्यक्रमका संयोजक सहदेव वस्नेतले वताए ।




सम्बन्धित समाचार


error: Content is protected !!