बैतडीमा ट्रक दुर्घटना एक जनाको मृत्यु , दुई गम्भिर

विनोद सिह विष्ट
बैतडी ,बैतडीमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ,भने २ जना गम्भिर घाईते भएका छन ।
मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट ३ का अन्दाजी १९ बर्षिय किशोर सिंह ऐरी रहेको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले राससलाई जानकारी दिनुभयो । गम्भिर घाईते भएका ऐरीको उपचारका लागी धनगढी लैजादै गर्दा बैतडीको सवबाझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
यस्तै ट्रक चालक बैतडी श्रीकोट ४ का अन्दाजी २४ बर्षिय मोहन राज जोशी र श्रीकोट ४ का २१ बर्षिय सागर चन्द गम्भिर घाईते भएका छन ।

घाईते चालक मोहनको आँखा, निधार र छातीमा, र सागरको टाउको , आँखा र खुट्टामा चोट रहेको छ ।
गम्भिर घाईते दुवै जनाको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागी धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।
महाकाली राजमार्ग अन्तर्गत पन्ज्युनयाँ सतवाझ सडकखण्ड अन्तर्गत सित्तड २ चमतडीमा ना ३ ख ५७२३ नम्वरको ट्रक बिहीवार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो ।
बालुवा बोकेर सतबाझतर्फ आईरहेको उक्त ट्रक सडकवाट २० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।





error: Content is protected !!