काम नगर्ने उपभोक्तालाइ कारवाई गर्न पुर्व गृहमन्त्री वस्नेतको निर्देशन

माघ २५ जाजरकोट , पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सभाषद् शक्तिवहादुर वस्नेतले काम नगर्ने तर ठाउँ मात्र औगट्ने उपभोक्ता समितिलाई कारवाई गर्न निर्देशन दिनुभएको छ । गृहजिल्ला जाजरकोट आईपुगेको नेता वस्नेतले वजेटको अभाव नहुँने तर वजेट पाएर पनि काममा आँनाकानी गर्ने जो सुकैलाई कारवाई गर्न निर्देशन दिनुभएको हो ।

saktiजाजरकोटको विकास निर्माणमा वजेटको अभाव भएमा आफुलाई भन्न आग्रह गदै यहाँका सम्पुर्ण राजनीतिक दल ,कर्मचारी र स्थानीयलाई पुर्व गृहमन्त्री वस्नेतले विकास अवरोध गर्नेलाई कारवाई गर्न समेत निर्देशन दिनुभएको हो । यहाँको सदरमुकाममा वहुक्षेत्रिय पोषण योजना को अभिमुखीकरण गोष्टीमा वोल्दै वस्नेतले यस्तो निर्देशन दिनुभएको हो । आवश्यकता,चाहना र सम्भावनाको आधारमा काम गरेमा मात्र जनताले कामको अनुभुर्ती गर्ने उहाँको भनाई छ । जुनसुकै दलका मानिस या जो सुकैले विकासको काममा अवरोध गरेमा आफु विकासका लागि निर्मम भएर लाग्ने उहाँको भनाई छ । अहिले जिल्लामा थप वजेट आएकोले कामका आधारमा वजेट सक्न र उपलव्धी मुलक वनाउन समेत वस्नेतले आग्रह गनुभयो ।
जिल्लामा अहिले कर्मचारीको अभाव भएमा या के कुराको समस्य छ त्यो आफुलाई जानकारी गराउन उहाँले अनुरोध गनुभयो । कामै नगरि वजेट सक्ने गरेको जनगुनासो सुनिएका कारण अव त्यस्ता वदमासी गर्नेलाई ठेगान लगाईने उहाँको भनाई छ । रिम्ना छेपारे सडक अवको दुई महिना भित्र सकिने र अन्य दर्जन ठाउँमा टेन्डरको तयारीमा रहेका कारण विकासका विषयमा चिन्ता नगर्न र समय समयमा खवरदारी गरि गुर्णस्तरिय काम गर्नका लागि वातारण तयार गर्न समेत आग्रह गनुभयो । जिल्लाका दर्जनौ ठाउँमा ठुला सिचाई का योजनाहरु सञ्चालनको तयारमा रहेका कारण जिल्लाको खाद्यान्न उत्पादन दर वढेने उहाँको दावी छ ।





error: Content is protected !!