नलसिंङगाड जलविद्युत पहुँच मार्ग निर्माण गर्ने मजदुरको मृत्यू

हेमन्त के सी
जाजरकोट माघ २५ । नलसिंङगाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका जुटेका एक मजदुरको मृत्यू भएको छ । लहँ गाविसको गेडेनी भिरमा वलास्टिग गर्दा गदै माथी वाट आएको ढुङगाले थिच्दा रुकुम घेत्मा गाविस वडा नं २ का २७ वर्षीय अन्नत कामीको मृत्यू भएको हो ।
भीरमा घाईते भएका विकलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याउदा ल्याउदै वाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले वताएको छ । सोमवार वेलुका विक घाईते भएका थिए । घाईते भए लगत्तै प्रहरी र स्थानीयको सहयोगमा सोमवार वेलुका अस्पतालमा ल्याउदा ल्याउदै रिम्ना स्थित जंगलमा मृत्यू भएको थियो । पहुच मार्ग निर्माण गर्ने स्थल कडा चट्टान मात्र रहेको छ ।





error: Content is protected !!