राप्रपा, जाजरकोटको अध्यक्षमा शाह सर्वसम्मत चयन

जाजरकोट। राष्ट्रिय प्रजातन्त्र पार्टी, जाजरकोटको अध्यक्ष पदमा किष्ण विक्रम शाह चयन भएका छन् । मंगलवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न जिल्ला एकता अधिवेशनवाट शाह अध्यक्ष पदमा सर्बसम्मत चयन भएका हुन् ।
अबिधेशनले शाहको अध्यक्षतामा २९ सदस्य जिल्ला समिति चयन गरेको छ । दुई पार्टी बिचको एकता जिल्ला अधिवेशनमा अन्य पदाधिकारीको भने, टुङ्गो लाग्न सकेको छैन । अध्यक्ष पदमा सर्वसहमति भएता पनि अन्य पदाधिकारीको लागि सहमति हुन नसकेको नवनिर्वाचीत अध्यक्ष शाहले जानकारी दिए ।
आसन्न फागुनमा हुने राष्ट्रिय अबिधेशनले राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति तथा रणनीति निर्माण गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य निरज शाहले बताए । पार्टीले संघिय गणतन्त्रलाई स्वीकार गरेर अगाडी बढ्ने कि, राजा सहितको लोकतन्त्रलाई मात्र स्वीकार गरेर जाने भन्ने बिषयमा पार्टीको राष्ट्रिय अबिधेशनले टुङ्गो लगाउने जिल्ला अधिबेशनका प्रमुख अथिति समेत रहेका शाहले वताए ।
तत्कालिन चार राजनैति दल र नेकपा (माओवादी) ले नयाँ दिल्लीमा गरेको बाह्र बुदे सम्झौताको आधारमा राजा बिनाको लोकतान्त्रीक गणतन्त्रको अभ्यास गर्न थालेको पनि एक दशक विति सकेको वताउदै शाहले भने– लोकतान्त्रीक गणतन्त्रको अभ्यासले जनताका समस्यालाई समाधान गर्न सकेको छैन ।
आगामी फागुनमा आयोजित राष्ट्रिय अबिधेशनद्धारा पास गरिने राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति तथा कार्यक्रमले मात्र देशलाई पार लगाउने शाहले जिक्किर गरे ।










