गणित बिषयमा गुणस्तर बढाउन अनुशासनको आवस्यकता


गणित सबै विज्ञानको जननि हो । गणित बिना विज्ञान अपुरो मात्र होईन लङ्गडो नै हुन्छ। यस्तो महत्त्वपूर्ण विषय पढ्ने बिद्यार्थीको सङ्ख्या दिनप्रतिदिन कम हुदै गईरहेको छ । विद्यालय तहको हरेक परिक्षाको नतिजा हेर्दा गणित विषयको सिकाईउपलब्धी न्यून मात्रै होइन निराशाजनक र चिन्ताजनक रहेको छ । यस्तो अबस्थामा गणित बिषयका शिक्षक तथा विषय विज्ञहरूले के सोचिरहनु भएको छ रु त्यो त म जान्दैनन् ।यहाँ मरो नितान्त बिचार राख्दै छु ।
हामीले तयारी बिषयवस्तु पाठ्यपुस्तकबाट बिद्यार्थीलाई पठाउछौ । बिशेषगरि अभ्यासमा दिईएका समस्याको समाधान गरिदिन्छौ । परिक्षा लिन्छौं ,बिद्यार्थीको सिकाईउपलब्धि जस्तात्यस्तै । अर्को कक्षामा लिन्छौं । त्यो कक्षामा पनि त्यस्तै । अब हामीले त्यो परम्परा कतिन्जेल दोहार्याउने रु किन आफ्नो शैलीमा परिवर्तन नगर्ने रु कारण के हो रु त्यो खोज्ने कि नखाज्ने रु के अहिले चलिरहेको पाठ्यक्रम र पाठ्यपुस्तक ठिक छनरु के पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने हो रु शहर र गाउँका कुन कन्दराका आबश्यकता एकै हुनरु शहरको शैक्षिक वातावरण र गाउँको शैक्षिक वातावरण एकै छरु आदि आदि प्रश्न हाम्रो अगाडि रहेका छन। त्यसकारण यी प्रश्नको उत्तर कसले दिने रु त्यो कार्य गर्न गहन अध्ययन र अनुसन्धानको खाँचो रहेको छ।
के बिशेषज्ञले तयार गरेको किताबका समस्याको हल गर्ने काम मात्रै हो र शिक्षकको । गणित बिषय शिक्षण गर्दा बिषयवस्तुको अवधारणा शिकाउने काम शिक्षकको होइन र ।यदि बिद्यार्थीको स्तर भन्दा बिषयवस्तुको स्तर माथि छ भने त्यसको बारेमा छलफल गर्नु पर्दछ। गणित पढाउने कि सिकाउने रु पढाउने भए अहिलेसम्मकै अभ्यास ठिक होइन सिकाउने भए कसरी सिकाउने
हो हामीले गणित पढाएका कारण अहिलेको अबस्था आएको हो । गणित सिकाउने काम प्रयोगशालामा हुन्छ । त्यसोभन्दा हाम्रा बिद्यालयम गणित प्रयोगशाला छ त रु प्रयोगशाला बिद्यालय मात्रै होइन हाम्रो समाजका हरेक क्रियाकलापमा गणितीय प्रयोग भएको हुन्छ । त्यसलाई प्रयोग गर्दा बिद्यार्थीले परिचित बस्तुको प्रयोगबाटै गणित सिक्छ र सिकाउन सकिन्छ ।
यसरी सिकाउदा सिर्जनात्मक रूपमा सिक्ने अबसर हुनुका साथै सिकाइ दिगो हुन्छ। यदि पाठ्यक्रमले निर्धारण गरेका बिषयबस्तु पूरा नभएमा पाठ्यक्रममा पनि सुधार गर्न सकिन्छ । अतस्गणित बिषयको सुधार गर्न क(कसले के(के गर्नुपर्ने हो भन्ने कुरा अनुसन्धान पछि निर्धारण हुनु पर्दछ।
तिलक खत्री , लेखक एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुँन् ।










