चुनाव घोषणा भए के हुन्छ ?


काठमाण्डौ ,संविधान संशोधन नगरी स्थानीय निर्वाचन घोषणा गरिए दुई नम्बर प्रदेशमा सम्पन्न गर्न गाह्रो
सरकार स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवका अनुसार वैशाखभित्रै निर्वाचन गर्ने गरी तयारीमा बस्न निर्वाचन आयोगलाई लिखित आग्रह गरिँदै छ । ‘आयोगले निर्वाचनका लागि केही आधारको खोजी गरेको छ । त्यसो हुँदा प्रधानमन्त्रीले आयोगलाई वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी आफ्नो आन्तरिक तयारी थाल्नुहोस् भन्ने ढंगले लिखित आग्रह गर्ने तयारी हुँदैछ ।’ खनालले नयाँ पत्रिकासँग भने । निर्वाचन मिति भने घोषणा गरिहाल्ने मनस्थितिमा सरकार पुगेको छैन । वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने तर मिति भने घोषणा नगर्ने मनस्थितिमा सरकार रहेको छ ।
निर्वाचनका लागि कानुन तयार
स्थानिय तह निर्वाचनका लागि कानुन भने लगभग अव तयार भएको छ । स्थानिय तहको निर्वाचनका लागि ५ ओटा कानुन आवश्यक पर्छ । त्यसमध्ये संसदले तीन ओटा कानुन पारित नै गरिसकेको छ भने वुधबार मात्रै अर्को विद्ययक संसदमा प्रस्तुत भएको छ । विहिवारको संसद वैठकले सो विधयक पनि पारित गर्ने कार्यसूचि छ । निर्वाचन आयोगको काम कर्तब्य र अधिकार सम्वन्धि विद्येकय, मतदाता नामावली संकलन सम्वन्धि विद्ययक, र निर्वाचन कसुर सम्वन्धि विद्ययक पारित भएको छ । संसदले विहिवार स्थानिय तह सम्वन्धि विद्यकेय पनि पारित गदैछ । त्यसपछि एउटै मात्र राजनीतिक दल सम्वन्धि विद्ययक मात्र पारित गर्नुपर्ने हुन्छ । सो विधयक पनि संसदको राज्य ब्यवस्था समितिमा गत ७ पुसवाट दफावार छलफलको क्रममा छ । एउटै थ्रेस होल्ड सम्वन्धि दलहरुका वीचमा सहमति जुटेपछि सो विद्येकय पनि संसदमा पारित हुनेछ ।
निर्वाचन आयोग तयारीमै
सरकारले १२० दिन कायम गरी निर्वाचन मिति घोषणा गरेमा निर्वाचन गर्न सकिने आयोगका पदाधिकरीको भनाइ छ । निर्वाचन आयोगलाई आवश्यक कानुनहरु संसदले दिएको अवस्थामा आयोग निर्वाचन गर्न सक्षम रहेको आयोगका प्रमुख आयूक्त डा।अयोधीप्रसाद यादवले जानकारी दिए । आयोगको भनाइमा स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन र आवश्यक कानुन सरकारले दिएमा वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न सकिनेछ । सचिव गोपीनाथ मैनालीको भनाइमा आयोगले आवश्इक आन्तरिक तयारी भने गरिरहेको छ । स्थानीय तहको प्रतिवेदन प्राप्त गरेपछि भने मतदाता नामावली टुंगो लगाउने र मतदान केन्द्रको पहिचान गर्ने सचिव मैनालीको भनाइ छ ।
कानुन ब्यवसायीसँग छलफल
स्थानिय तह पूर्नसंरचना आयोगले सरकारलाई वझुाएको प्रतिवेदनको स्वामित्व अझै सरकारले ग्रहण गरेको छेन । प्रतिवेदन वझुेपनि त्यसलाई राजनीतिक तहमा छलफल पछि मात्र पारित गर्ने सरकारले वताएको छ । आयोगको प्रतिवेदन मनित्रपरिषदवाट पारित भएसागै राजपत्रमा प्रकाशित भएपछि हाल कायम रहेका स्थानिय तहको संरचना स्वत विघटन हुने प्रावधान छ । आयोगको प्रतिवेदनलाई सत्ता गठवन्धनकै काग्रेस र मधेसी मोर्चाले चित्त वुझाई रहेका छैनन । त्यही जटिलतालाई हल खोज्ने र आयोगको प्रतिवेदनलाई के गर्ने भन्ने विषयमा वुधबार विहान प्रधानमन्त्रीले कानुनविदहरुसाग छलफल गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल वलदेवका अनुसार, आयोगले वुझाएको प्रतिवेदनलाई के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले काुननविद्धहरुसँग परामर्श गरेका हुन् । ‘आयोगको प्रतिवेदन के गर्ने भन्नेमा प्रधानमन्त्रीले परामर्श गर्नुभएको हो, उहाहरुले विभिन्न सुझाववहरु दिनुभएको छ । विशेष र स्वायक्त क्षेत्रहरुमा आयोगले अझै काम गरिरहेको सन्र्दभमा अहिले नमिलेका ठाउहरुमा के गर्ने भन्नेमा केन्द्रीत रहेर छलफल भएको हो,’ खनालले नया पत्रिकासँग भने, ‘कसैले अर्को म्यान्डेट दिएर पनि काम गराउन सकिने, कसैले आयोगले नै मिलाएर ल्याउन पनि सक्ने भने जसरी सुझाव दिनुभएको छ ।’ छलफलमा सहभागी अधिवक्ता दिपेन्द्र झाले छलफलमा सहभागी सवै जसा कानुन विदहरुले आयोगको प्रतिवेदन परिमार्जन गर्न सकिने गरि सुझाव दिएको वताए ।
निर्वाचन घोषणा भए मोर्चासँग तीन विकल्प
१, निर्वाचनमा सहभागी हुने
संविधान संशोधन र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जन गरी निर्वाचन घोषणा गरे मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सक्छ । मोर्चाआबद्ध नेताहरूका अनुसार निर्वाचनको वातावरण बनाउन संविधान संशोधन अनिवार्य छ । ‘स्थानीय तहसम्बन्धी प्रतिवेदन संशोधन गरेर स्थानीय तहको निर्वाचन घोषणा भए मोर्चाले सोच्न सक्छ,’ सद्भावना पार्टी महासचिव मनीष सुमनले नया“ पत्रिकास“ग भने ।
२, सरकारलाई दिएको समर्थन फिर्ता
संविधान संशोधन नगरी स्थानीय निर्वाचन घोषणा गरिए मोर्चाले पहिलो चरणमा सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छ । बाहिरबाट सरकारलाई अप्ठ्यारो पार्ने रणनीति अपनाउन सक्छ । ‘सरकारले निर्वाचनको मिति घोषणा गरे मोर्चाले तत्कालै समर्थन फिर्ता गर्ने निर्णय गर्नेछ,’ राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने ।
३ आन्दोलन घोषणा गर्ने
निर्वाचन घोषणा गरिए आन्दोलनमा जाने मोर्चासँग विकल्प छ । ‘अहिलेकै अवस्थामा निर्वाचन घोषणा भए आन्दोलनबाहेक मोर्चासँग अर्को विकल्प नै छैन, त्यस्तो वेला आन्दोलन अनिवार्य बन्छ,’ सद्भावनाका महासचिव सुमनले भने ।
मोर्चाले समर्थन नदिँदा सरकार ढल्दैन, तर मुठभेड बढ्छ
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दैन । प्रधानमन्त्री निर्वाचनमा प्रचण्डले ३६३ मत ल्याएका थिए । मोर्चासहितको गठबन्धनमा ४१ मत छ । ४१ मत फिर्ता हुँदा पनि ३२२ मत कायम रहनेछ । जबकि, सरकार बचाउन संसद्मा २९८ मत भए पुग्छ । सरकारले सबै पक्षलाई अधिकतम सन्तुष्ट नबनाई निर्वाचनको मिति घोषणा गर्दा मधेस तुलनात्मक रूपमा आक्रोशित हुनेछ । मोर्चाका केही माग सम्बोधन नगरी निर्वाचनमा जाँदा अन्य दललाई मधेसमा मत माग्नसमेत गाह्रो हुनेछ । त्यस्तो अवस्थामा मुठभेड हुन सक्ने अधिवक्ता तथा मधेस मामिलाका जानकार दीपेन्द्र झाको भनाइ छ ।
समस्या दुई नम्बर प्रदेश मात्रै
सरकारले निर्वाचन घोषणा गरे प्रदेश नम्बर २ मा मात्रै समस्या देखिनेछ । मोर्चाको प्रभाव पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मात्रै देखिन्छ । १ नम्बर प्रदेशका मोरङ, झापा र सुनसरीमा मोर्चाको प्रभाव कमजोर छ । त्यसरी नै तमलोपाका केही नेताहरूको प्रभाव क्षेत्र रहेको ५ नम्बर प्रदेशको कपिलवस्तु र रूपन्देहीमा पनि निर्वाचन रोकिने सम्भावना नभएको मधेसी नेताहरू दाबी गर्छन् ।
मधेसको मुड विभाजित
मधेसी नेताहरू पनि निर्वाचनको सन्दर्भमा विभाजित देखिन्छन् । तमलोपा, फोरम लोकतान्त्रिक, सद्भावना पार्टी संविधान संशोधनको मुद्दालाई चुनावी नारा बनाउने रणनीतिमा देखिन्छन् । मधेसी जनअधिकार फोरम मात्रै निर्वाचन मान्ने पक्षमा छैन । अधिवक्ता डा। राजेश अहिराजको भनाइमा मधेसमा निर्वाचनको माहोल बन्न सक्छ । विचारभन्दा भावनाको राजनीति बढी
भएकाले केही समस्या देखिएको उनको भनाइ छ ।
कांग्रेस अलमलमा
संविधान संशोधन र निर्वाचनका विषयमा कसरी अगाडि बढ्ने भन्नेमा कांग्रेस अलमलमै छ । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा रहेका वेला कांग्रेस स्थानीय निकायको निर्वाचनको पक्षमा छ । बुधबार बसेको संसदीय दलको बैठकमा शीर्ष नेताहरूले पुरानै संरचनाको स्थानीय निकायको निर्वाचनको पक्षमा धारणा राखे ।
एमाले निर्वाचनको पक्षमा
एमाले स्थानीय तहको निर्वाचनको पक्षमा छ । तर, तत्काललाई स्थानीय निकायको निर्वाचन गरे पनि मान्य हुने उसले जनाएको छ । निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको विश्लेषण एमालेको छ । २ नम्बर प्रदेशमा हुन सक्ने अवरोध र स्थानीय तहको प्रतिवेदनका सन्दर्भमा भने एमालेले धारणा बनाइसकेको छैन ।










