जिल्लास्तरीय संयुक्त अनुगमण सम्पन्न

सहदेव वस्नेत
जाजरकोट, जिल्लास्थीत सरोकारवालाहरुको एक टोलीले सरकारी तथा गैर सरकारी सघसंस्थाले सन्चालन गरेका कार्यक्रमको संयुक्त अनुगमण सम्पन्न गरेको छ । स्थानिय विकास अधिकारी इन्द्र गौतमको नेतृत्वमा गएको टोलीले सामुदायिक विकास कार्यक्रम (सीडीपी) र पहाडी क्षेत्र विकास अभियान द्धारा युएसआइडी को सहयोगमा सन्चालन भएको कृषी,स्वास्थ्य तथा वैकल्पीक जिविकोपार्जन प्रवद्धन (पहल) कार्यक्रमले सन्चालन गरेका विभीन्ना क्रियाकलापको अनुगमण गरी अवस्थाको अवलोकण गरेको छ ।
पहल कार्यक्रम अन्तरगत को प्राविधीक सपोर्टमा रग्दा र खगेनकोट गाविसमा रहेका करेसावारी,प्लास्टीक घर,ओपनडेमो,मा कृषकहरुले गरेको मौसमी तथा वेमौसमी खेती र उनीहरुलाइ आय आर्जनमा परेको प्रभावको वारेमा जानकारी लीइएको थीयो । त्यसैगरी पहलद्धारा सनचालीत वित्तीय साक्षरता कक्षा,र वास कार्यक्रम अन्तरगतका वास स्पोटको पनि अनुगमण गरीएकोछ । जसमा खगेनकोट १ चामखेतकी माया गिरीले टनेल हाउस मा ८० वटा टमाटरका वेर्नावाट ४१००० आम्दानी गरेको र अहीले उहाँको सीको अन्य सदस्यहरुले पनि सीको गरेको पाइयो ।
त्यसैगरी सीडीपी अन्तरगत रग्दाको चौखामा निर्माण भएको प्रशुतीगृह,रोलीमा रहेको ठुलीभेरी नागरीक सचेतनाकेन्द्र, मा सहभागीहरुमा ल्याएको प्रभावको वारेमा समेत अन्तरक्रियात्मक छलफल चलाइएको थीयो । सचेतनाकेन्द्रमा सहभागी २७ जना महीला सहभागीहरुले आफुहरुमा यस केन्द्र वाट क्षेमता विकासको साथै समुदायमा सामाजीक अभियान सनचालन गर्ने र साझा सवालहरुमा एकजुट भएर लाग्ना प्रेरीत गरेको वताएका थीए ।
टोलीमा कृषी विकास कार्यालय,पशु सेवा कार्यालय,महीला तथा वालवालीका कार्यालय, गैरसरकारी संस्था महासंघ,नेपाल पत्रकार महासघ,सीडीपी,पहल,पहाडी क्षेत्र विकास अभियान लगायत का सरकारी तथा गैरसरकारी संस्था गरी १४ जनाको सहभागीता रहेको थीयो ।










