नागरिककर्मी केसी सम्मानित

जाजरकोट  ,जाजरकोट स्थित नागरिक संवाददाता जनक केसी सम्मानित भएका छन् । जिल्लाको उध्योग तथा व्यापार प्रवद्र्धनमा पत्रकारीताको माध्यमवाट महत्वपुर्ण योगदान दिएको भन्दै केसीलाइ सम्मान गरिएको हो ।

received_1825162244400949जाजरकोट उध्योग वाणिज्य संघको ११औं साधारण सभाको अवसरमा केसीलाइ दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो ।
डेढदशक देखि पत्रकारीतामा क्रियाशील पत्रकार केसीलाइ जिल्लाको आर्थिक,सामाजिक साँस्कृतिक परिवर्तन तथा समग्र विकासका लागि उध्योग वाणिज्य संघले सन्चालन गरेका अभियानहरुमा पत्रकारीताका माध्यमवाट महत्वपुर्ण योगदान दिएकोले सम्मान गरिएको जाजरकोट उध्योग वाणिज्य संघका अध्यक्ष कमानवहादुर खड्काले वताए । जिल्लाको उध्योग व्यापार संगसंगै अन्य क्षेत्रको विकास र परिवर्तनका लागि पत्रकार केसीको भुमिकालाइ शसक्त वनाउन आफुहरुले सम्मान गरेको खड्काले वताए । केसीलाइ एक भव्य कार्यक्रमका विच साधारण सभाका विशेष अतिथि वरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेले सम्मान गरेका थिए । कार्यक्रममा नागरिककर्मी केसी सहित अन्य क्षेत्रका व्यक्तिहरुलाइ पनि सम्मान गरिएको छ । साधारण सभाका अवसरमा स्थानीय व्यापारी कृष्ण मल्ल, भीमवहादुर कार्की, त्रिभुवन माद्यमिक विद्यालय, भेरी मालिका नगरपालिका लगाएतलाइ पनि सम्मान गरिएको छ । साधारण सभामा व्यापारीहरुले जिल्लाको उत्पादन, जडीवुटीको वैध निकासी र व्यापारलाइ प्रवद्र्धन गर्ने काममा अझै अग्रसर भएर लाग्न उध्योग वाणिज्य संघको नेतृत्वलाइ सुझाव दिएका थिए ।
आर्थिक विकासका सम्भावनाहरु जाजरकोटमा अत्यधिक भएपनि पहिचान गर्न नसकेको र श्रोतहरुको परिचालन तथा उपयोग गर्न नसकेका कारण जिल्लाको उध्योग व्यावसाय कम्जोर वनेको सरोकारवालाहरुको चिन्ता थियो । साधारण सभामा जिल्लामा निकै चर्चामा रहेको डाडागाउँको मह, दम्दालाको सुन्तला र अन्य क्षेत्रको तरकारीको संकलन तथा वजार व्यवस्थापनका लागि सरोकारवाला निकायले गतिलो भुमिका निर्वाह गर्न नसकिएको वारे सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । जिल्लाको महत्वपुर्ण उत्पादनको रुपमा रहेको मह, सुन्तला र तरकारीको व्यापार तथा मेलापर्वहरुलाइ व्यवस्थित गर्न उध्योग वाणिज्य संघ लगाएतका निकायले गम्भीर ध्यान दिनु पर्ने स्थानीय शिवप्रसाद शर्माले वताए ।




सम्बन्धित समाचार


error: Content is protected !!