बैतडीमा स्थानीय निर्वाचनको लागि १२ दल दर्ता

विनोद सिंह विष्ट
बैतडी, स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी बैतडीमा १२ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय बैतडीमा दर्ता भएका छन् ।

16426758_1244289212345842_1026961224_nनिर्वाचन आयोगले सोमवार अर्थात माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन अनुसार बैतडीमा आज अन्तिम दिनसम्म १२ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बैतडीका निमित्त जिल्ला निर्वाचन अधिकारी जीत बहादुर रोकायाले राससलाई जानकारी दिनुभयो ।
पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल , नयाँशक्ति पार्टी नेपाल, मधेसी जनाधिबकार फोरम (लोकतान्त्रिक) रहेका छन ।
यस्तै नेपाल जनजागरण पार्टी , बहुजन शक्ती पार्टी ,नेपाल दलित पार्टी र युनाईटेड ग्रेन अर्गनाईजेसन पार्टीले पनि विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी रोकायाले बताउनुभयो ।
बैतडीमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) ,नयाँ शक्ती नेपाल पार्टी , नेपाल जनजागरण पार्टी , बहुजन शक्ती पार्टी ,नेपाल दलित पार्टी र युनाईटेड ग्रेन अर्गनाईजेसन नयाँ पार्टीका रुपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सरकारले स्थानिय तह निर्वाचन मिती घोषणाको तयारी गरिरहदा केन्द्रमा र सम्वन्धित जिल्लामा पार्टी दर्ता गराए मात्र स्थानिय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!