म्याद गुर्जेको औषधी विरामीलाई दिईन्छ जाजरकोट अस्पतालमा

जाजरकोट , यहाँको जिल्ला स्वास्थ्य कार्यालयले म्याद गुर्जेको औषधी विरामीलाई वितरण गरेको खुलासा भएको छ । जिल्लाको भेरीमालिका १ का प्रचण्ड जंग शाहका २ वर्षीय छोरा सुशान्त जंग शाहलाई विरामी भएपछि जिल्ला स्वास्थ्य कार्यालयमा लिईएको थियो ।

विरामीलाई डाक्टर जाँच गरि पुर्जीमा औषधी लेखिदिएपछि स्टोरवाट साल २ नामको औषधी दिईएको थियो । सो औषधीको मिति जनवरी १५ तारिकमा म्याद गुर्जेको दिईएको फेला परेको छ । शाह आफैमा एक शिक्षक हुँन् । विरामीलाई यसरी खुल्याम जिल्ला स्वास्थ्य कार्यालयले म्याद गुर्जेको औषधी वितरण गरेपछि अभिवावक प्रचण्ड जंग शाहले किन म्याद गुर्जेको औषधी दिएको भनी स्वास्थ्य प्रशाषण संग प्रश्न गरेको वताउहुन्छ । यसरी जिल्ला स्वास्थ्य कार्यालयले म्याद गुर्जेको औषधी विरामीलाई दिदा अलिकती पनि ख्याल नगरेकोमा स्थानीय सधै आक्रोषित हुँदै आएका छन् । स्टोरमा भएका औषधीहरु म्याद गुर्जेको भएपनि आँखै चिम्लेर विरामीलाई प्रयोग गर्न वाध्य पार्ने तरिका प्रति स्थानीयहरु सन्तुष्ट छैन्न ।
औषधी स्टोर गरेको ठाउँमा निजामती कर्मचारीलाई प्रमूख वनाउँदा कसरी सहि औषधी छनोट हुन्छ नागरिक अगुवाहरुको तर्क छ । औषधी सम्वन्धि ज्ञान भएका कर्मचारीलाई औषधी स्टोरको जिम्मा लगाउनु पर्नेमा निजामती कर्मचारीलाई प्रमूख वनाउँदा समस्य हुँदै आएको छ ।










