गणित शिक्षा परिषद जाजरकोटको अध्यक्षमा खत्री

जाजरकोट । गणित शिक्षा परिषद जाजरकोटको पहिलो जिल्ला अधिवेशनले तिलकबहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

खलंगामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अशोक शाह, सचिवमा प्रचण्ड जंग शाह र कोषाध्यक्षमा विनोद जैसीलाई चयन गरेको हो । यसैगरी सदस्यहरुमा शुक्रराज सिंह, विनोद शाह, टेकबहादुर मल्ल, उत्तरबहादुर बटाला, धिरेन्द्र बटाला, निराजन गौतम र हरिभक्त अधिकारी रहेका छन् ।
यसैबीच नव गठित जिल्ला कार्य समितिको वैठकले ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा ललितविक्रम सिंह, कमलराज बस्नेत, रतनसिंह धामी र हर्क बुढा रहेका छन् ।










