छुवाछुतको अन्त्य गर्नु छ सांगीतिक एल्वमको विमोचन

जाजरकोट १४ माघ / पत्रकार एवं स्रष्टा, सर्जक नेत्रलाल सुनारको शब्द रचना र लोकप्रिय एवं बहुचर्चित गायक किरणबाबु पुनको संगीतमा गायिका टिका पुन र अमित परियारको आवाजमा रहेको सांगीतिक एल्बम ‘छुवाछुतको अन्त्य गर्नु छ’ शुक्रबार खलंगामा विमोचन गरिएको छ । प्रेस सेन्टर नेपाल, जाजरकोटले खलंगामा आयोजना गरेको एक कार्यक्रमका बीच निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले सो एल्बमको विमोचन गरेका हुन् ।

आम दलित समुदायलाई सामाजिक विकृती, विसंगती र अन्यायका विरुद्घ एक जुट आह्वान गरिएको जनचेतना मुलक सांगीतिक एल्वम ‘छुवाछुतको अन्त्य गर्नुछ’ विमोचन कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनैतिक दलका नेता, दलित अधिकारकर्मी र विभिन्न रेडियोमा कार्यरत सञ्चारकर्मी, पत्रपत्रिका, अनलाइनमा आवद्घ पत्रकारहरु, स्रोता र दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

neteeee

उक्त विमोचन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य टेकबहादुर रावल (दर्शन) ले —‘यो गीतले मानव समुदायमा रहेको छुवाछुतको गहिरो खाडललाई पुर्ने कुरामा विश्वस्त रहेको बताएका छन् । साथै मानवीय चेतना र विवेकमा चाडै परिवर्तन ल्याउने र छुवाछुत पर्थाको उन्मुलन गर्ने कुरामा आफू ढुक्क रहेको बताएका हुँन् ।’

16343579_1225954164156096_1250536979_n

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले —‘दलित जाती नभएर समुदाय भएकोले समुदाय भित्र स्वतन्त्र, छुवाछुत मुक्त भएर बाँच्न पाउनु पर्ने कुरामा यो सांगीतिक एल्बमले अहम् भुमिका खेल्ने बताए ।’

छुवाछुतको अन्त्य गर्नुछ सांगीतिक एल्वमको विमोचन कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले—‘जातिय छुवाछुत संस्कार संग जोडिएको र हाम्रो नेपाली समाज विभिन्न जात, धर्म मिलेर बनेको छ । तर बिडम्बना जातिय छुवाछुत जस्तो कुप्रथाले जरा गाडेको र यसलाई उखेलेर फाल्न यो गीतले थप भुमिका खेल्ने कुरामा दुई मत नभएको बताए ।’

यस्तै बिमोचन कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमको अक्ष्यक्षता ग्रहण गरेका प्रेस सेन्टर नेपाल, जाजरकोटका उपाध्यक्ष नरेश रानाले—‘गीत, संगीत मनोरञ्जनको साधन मात्र नभएर चेतनाको सम्वाहक भाएकोले अबको सामाज रुपान्तरण र छुवाछुत अन्य गर्न आन्दोलन नभएर गीत संगीतको माध्यमबाट आन्दोलन बुलन्द गर्नुपर्ने कुरामा जोडदिएका थिए ।’

 




सम्बन्धित समाचार


error: Content is protected !!