विमानको मर्मत भन्दै जुफाल विमानस्थलमा हवाई सेवा ठप्प


रामचन्द्र न्यौपाने
दुनै(डोल्पा)
यहाँको जुफाल विमानस्थलमा तारा एयरलाईन्सले चार दिनसम्म उडान नगर्ने भएको छ । तारा एयरलाईन्सका स्टेसन प्रमुख दिलीप कार्कीका अनुसार जहाज मर्मत गनुपर्ने भएकाले माघ १४ देखि माघ १८ गते सम्मको लागि डोल्पाको जुफाल विमानस्थलमा उडान नहुने जानकारी दिनुभयो ।
डोल्पामा यातायातको एकमात्र माध्यामको रुपमा रहेकोे जुफाल विमान स्थलमा तारा एयरलाईन्सले हवाई उडान नगर्ने भएपछि सर्वसाधारणहरुलाई आवत जावतगर्न समस्या हुने भएको छ ।
अरु निजि विमान वायूसेवा कम्पनीहरु भन्दा दिनमा तीनवटासम्म उडान भर्दै आएको ताराले उडान वन्द गरेपछि यहाँका सयौँ स्थानीयहरु मर्कामा परेका छन् ।
दैनिक डोल्पावाट तारा एयरलाईन्सको उडान मार्फत देशका विभिन्न ठाउँमा जाँन ठिक्क भएका यात्रुहरु हैरान भएको त्रिपुराकोट—१ का भरुन सार्कीले दुखेसो पोख्नुभयो । “आमालाई उपचार गरेर घरलैजान नेपागञ्जमा विमानस्थलमा जहाज कुरीरहेको छु,ताराले उडान नगर्ने भनेपछि एकतर्फि हवाई भाडा दश हजार तिरेरपनि जान पाईएन”उहाँले भन्नुभयो ।“एकहप्तको बसाईपछि पनि आमालाई जहाजमा पठाउन पाईएन्,उपचारपछि पनि आमाको स्वास्थ्य कमजोर भएकाले अझै एकहप्ता जहाजकुनुपर्ने भयो,लामोसयसम्म होटेलको बासले बिसहजार भन्दा धेरै खर्च भईसक्यो,अझै कतिहुनेहो थाहाछैन् हामि दुर्गमबासिको पिडा यस्तै छ,केगर्नु,छिटो डोल्पासम्म सडक जोडिएको भए आवत जावतगर्न सहजहुने थियो” सार्कीले थप्नुभयो ।
सडक सञ्जाल संग नजोडिएको डोल्पामा हजारौ रकम तिरेर भएपनि विभिन्न ठाउमा जाँन नपाउँदा यात्रुहरु हैरान भएका छन् ।










