देश स्वास्थ्यकर्मी सम्पर्कविहीन

जाजरकोट  , जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य सहायक डा। धनिकलाल यादव ८ वर्षदेखि सम्पर्कविहीन छन् । सप्तरी घर भएका छैठांै तहका स्वास्थ्य सहायक यादव २०६५ देखि अस्पतालमा हाजिर नभएका हुन् ।
‘यादवलाई कारबाही र सरुवा पनि नहुँदा दरबन्दी होल्ड भएर बसेको छ । अर्को स्वास्थ्यकर्मीको पदस्थापना हुन सकेको छैन,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले भने । उनलाई हाजिर हुन आउनेबारे घर ठेगानामा पटक–पटक ताकेता गर्दा पनि नआएपछि गोरखापत्रमा सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकिएको छ ।

यादवलाई कानुनी अड्चनले कारबाही हुन नसकेको प्रमुख शाहले बताए । यादवलाई अन्य कुनै कारबाही नभए पनि ८ वर्षयताको तलब भने नखुवाएको उनको भनाइ छ । ‘यादवलाई कारबाही वा सरुवा गरेर अर्को स्वास्थ्यकर्मी पठाउन सम्बन्धित निकायमा माग गरेका छौं,’ उनले भने । डा। यादवले कारबाही भोग्दा सेवा सुविधा नपाइने भन्दै राजीनामा स्वीकृत गराउन शक्तिकेन्द्र धाउने गरेको अस्पताल स्रोतले जनाएको छ ।





error: Content is protected !!