एमालेका राष्ट्रवादी नेतालाई भारतीय दूतावासको ‘रेड कार्पेट’, सबैका आँखा भीम रावलतिर

काठमाण्डौँ , भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा बिहीबार लैनचौरस्थित दूतावासमा आयोजित कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र सचिव प्रदीप ज्ञवालीलगायत नेता सहभागी भए ।
भारतविरुद्ध अभिव्यक्ति दिएर ‘राष्ट्रवादी’ उपमा पाएका उनीहरुले करिब तीन घण्टा दूतावासमा बिताए । दिवाभोजमा उनीहरुले विभिन्न परिकार चाखे । केही समयअघि मात्र भारतले नेपाल टुक्र्याउन सिके राउत र मधेस केन्द्रित नेताहरुलाई मिलाएको प्रतिवेदन राष्ट्रपतिको उपस्थितिमा प्रमुख चार पार्टीका शीर्ष नेतालाई सुनाएका रावलमाथि धेरैको आँखा परेको थियो । यद्यपि एमाले अध्यक्ष ओली भने निम्ता पाएर पनि कार्यक्रममा गएनन् । कार्यक्रममा काँग्रेसका प्रकाशमानसिंह देखिए । माओवादी केन्द्रका भने नाम चलेका कोही नेता थिएनन्




सम्बन्धित समाचार


error: Content is protected !!