जगन्नाथ क्रिकेट क्लव सेमिफाईनल प्रवेश गर्ने अन्तिम टोली

विनोद सिंह विष्ट

बैतडी .जगन्नाथ क्रिकेट क्लव, थालिगाडा बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यू १९ आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

16358367_1238995192875244_817896474_n बिहीवार बुढाबाजे क्रिकेट मैदान , रातामाटामा सम्पन्न खेलमा कालाशैनी क्रिकेट क्लवलाई ३१ रनले पाखा लगाउदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर ब्याटिङ्ग रोजेको जगन्नाथ २० दशमलव ३ ओभरमा ८८ रनमा समेटियो ।
जगन्नाथका प्रदिप पेलाले सर्वाधिक १८ रन जोडे ।
कालाशैनीका विनोद भट्टले ६ विकेट हात पारे ।
८९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको जगन्नाथ १४ दशमलव ५ ओभरमा ५७ रनमा समेटियो । नरेन्द्र बहादुर चन्दले १४ रन बनाए।
कालाशैनीको पारी ध्वस्त पार्ने क्रममा शंकर चुनाराले ६ विकेट लिएको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।
यता निङ्गलाशैनी खेल मैदानमा सम्पन्न खेलमा योङ्ग स्टार क्रिकेट क्लव, मेलौलीले निङ्गलाशैनी क्रिकेट क्लवलाई १०२ रनले स्तब्ध पारेको छ । टस जितेर ब्याटिङ गरेको योङ्ग स्टारले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतीमा ३३० रन बनाएको थियो । प्रकास साउदले नटआउट ५० तथा कृष्ण विष्टले ४५ रन जोडेका थिए ।
निङ्गलाशैनीका बसन्त बोहराले ४ विकेट हात पारे । ३३१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको निङ्गलाशैनी ३२ दशमलब ४ ओभरमा २२८ रन बनाउदा अलआउट भयो ।
दिपक बोहराले ५० तथा गजेन्द्र बोहराले ४८ रन बनाए । योङ्ग स्टारका म्यान अफ दि म्याच भएका प्रकास साउद र विपीन विष्टले समान चार चार विकेट लिएका थिए ।
निङ्गलाशैनी र योङ्ग स्टार यसअघिनै सेमिफाईनल पुगिसकेका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत शुक्रवार सेमिफाईनल खेल हुने भएका छन ।
निङ्गलाशैनी खेल मैदान , देहिमाण्डौंमा हुने खेलमा योङ्ग स्टार क्रिकेट क्लव, मेलौली र कालाशैनी क्रिकेट क्लव भिड्दा बुढाबाजे खेल मैदान ,रातामाटामा जगन्नाथ क्रिकेट क्लवसंग निङ्गलाशैनी क्रिकेट क्लव ( एनसिसी ) प्रतिस्प्रर्धा गर्ने भएको छ ।
सहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा भईरहेको प्रगियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितियलाई नगद २५ हजार र म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!