घरभित्रै किन रोप्ने बिरुवा ?

मीनबहादुर तामाङ
महासचिव
नेपाल फ्लोरिकल्चर
एसोसिएसन

आजकालका आधुनिक घरभित्रै बिरुवा रोप्ने इन्डोर प्लान्ट ट्रेन्ड छ । घरका कोठा प्राकृतिक रूपमा हरियाली, रंगिचंगी र रमणीय बनाउन धेरैले चासो देखाउने गर्छन् । आखिर किन रोप्ने घरभित्रै बिरुवा रु यसका फाइदा कस्ता छन् रु नेपाल फ्लोरिकल्चर एसोसिएसनका महासचिव मीनबहादुर तामाङ भन्छन् स्

घरभित्रै फूलको बिरुवा रोप्दा घरको वातावरण रमणीय बनाउनुका साथै हावासमेत शुद्ध बनाउँछ । हरियो बिरुवाले स्वास्थ्यमा फाइदा गर्नुका साथै मनमा शान्ति प्रदान गर्छन् ।

घरमा बालबालिका छन् भने विभिन्न बोटबिरुवासम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन्छ ।

घरभित्र रोपिने बिरुवा अधिकांश फूल नफुल्ने जातका नै हुन्छन् । फूल नफुल्ने बिरुवाले तुलनात्मक रूपमा अक्सिजन बढी पैदा गर्छन् ।

फूल फुल्ने बिरुवा पनि घरभित्र रोप्न सकिन्छ । यस्ता बिरुवाले घरको आकर्षण बढाउन भूमिका खेल्छन् ।

बाहिर बगैँचा बनाउन उपयुक्त स्थानको अभाव छ, तर पनि घरमा बोटबिरुवा लगाउन मन लाग्छ भने इन्डोर प्लान्ट उपयोगी हुन्छ । घरभित्र रोप्ने बिरुवाका लागि बाहिर बगैँचामा रोप्ने बिरुवालाई जति स्याहारको आवश्यकता पनि पर्दैन । त्यसैले व्यस्त व्यक्तिहरूका लागि पनि यो उत्तम हुन्छ ।

बाहिर रोपिने बिरुवालाई जस्तो मल र पानी पनि घरभित्रै रोपिने बिरुवालाई दिनु पर्दैन । आउटडोर प्लान्टलाई दैनिक मल–पानी चाहिन सक्छ भने इन्डोर प्लान्टलाई हप्तामा दुई–तीनपटक दिए पुग्छ ।

घरभित्र गमला र प्लास्टिकमा बिरुवा रोप्न सकिन्छ । घरभित्र रोपिने जातका बिरुवा तुलनात्मक रूपमा सस्ता पनि हुन्छन् ।





error: Content is protected !!