योङ्ग स्टार र निङ्गलाशैनी दशरथचन्द स्मृती क्रिकेटको सेमिफाईनल प्रवेश

विनोद सिंह विष्ट
बैतडी, माघ
योङ्ग स्टार क्रिकेट क्लव, मेलौली र निङ्गलाशैनी क्रिकेट क्लव ( एनसिसी ) ,देहिमाण्डौं बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यू १९ आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन ।

16216318_1238309019610528_811367836_nबुधवार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा त्रिलोचन क्रिकेट क्लव गोठलापानीलाई ३५ रनले पाखा लगाउदै योङ्ग स्टारले एक खेल अगाबै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको योङ्ग स्टार ३३ दशमलव ३ ओभरमा १८९ रनमा समेटियो ।
सरोज नायकले नटआउट ५१ तथा कृष्ण विष्टको २० रन जोडेका थिए । त्रिलोचनका युवराज जोशीले ६ विकेट हात पारे ।
१९० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिलोचन २७ दशमलव २ ओभरमा बनाउदा १५४ रनमा अलआउट भएको हो । लोकेश चन्दले सर्वाधिक २५ रन बनाएपनि हार टार्न नसक्दा त्रिलोचन प्रतियोगिताबाटै घर फर्किन बाध्य भएको छ ।
त्रिलोचनको पारी ध्वस्त पार्न प्रकास सिंहले ४ तथा म्यान अफ द म्याच भएका सरोज नायकले ३ विकेट हात पारेको स्कोरर द्रोपती कुँवरले जानकारी दिनुभयो ।
यसैविच त्रिलोचन क्रिकेट क्लव प्रतियोगिताबाट बाहिरिएसंगै यसअघि नै लिग चरणका दुई वटा खेल जितीसकेको निङ्गलाशैनी क्रिकेट क्लव ( एनसिसी ) ,देहिमाण्डौं पनि सेमिफाईनल प्रवेश गरेको छ ।
यस्तै बुढाबाजे क्रिकेट मैदान , रातामाटामा बुधवार नै सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको जगन्नाथ क्रिकेट क्लवले २७ दशमलव १ ओभरमा १६० रनमा अलआउट भयो । किशोर चन्दले ३५ तथा शंकर चुनाराले ३३ रन जोडका थिए ।
त्रिपुराका लागी प्रकाश भट्टले ५ विकेट हात पारेका थिए । १६१ रन पन्छाएको त्रिपुराले जिवन महरले २८ रनको मद्दतले ७८ रन मात्रै बनाएपछी ८२ रनले हार बेहोरेको छ ।
जगन्नाथका लागी मनोज ऐरीले ४ विकेट लिएको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्र्तगत बिहीवार लिग चरणका अन्तिम दुई खेल हुने भएका छन ।
निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने खेलमा निङ्गलाशैनी क्रिकेट क्लव ( एनसिसी )ले
योङ्ग स्टार क्रिकेट क्लव मेलौलीको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा जगन्नाथ क्रिकेट क्लबले कालाशैनी क्रिकेट क्लवसंग प्रतिस्प्रर्धा गर्ने भएको छ ।
सहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा माघ ८ गतेदेखि सञ्चालनमा रहेका प्रतियोगितामा ८ टीमको सहभागिता छ ।
प्रतिष्ठानको २२ औं बार्षिकोत्सव तथा सहिद दिवस २०७३ उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता एकदिवसिय क्रिकेट फर्मेट अनुसार ४० ओभरको भईरहेको छ ।
बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ट्रफी र प्रमाणपत्र , द्वितियलाई नगद २५ हजार ट्रफी र प्रमाणपत्र दिईने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
छ। यस्तै म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने जनाएको छ ।
सहिद दशरथचन्द स्मृती प्रतिष्ठानले वि स २०५३ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताले बैतडीवाट उमेर समुहका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादनका साथै क्षमता अभिवृद्घि गर्न सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!