हराएको पाईप पत्ता लगाउँन मन्दिरमा कुखुराको बली

जाजरकोट , प्रत्येक खानेपानी ,सिचाई लगाएतका योजनामा प्रयोग हुँने पाईपहरु चोरी हुँने क्रम वढेपछि मजकोटका उपभोक्ताहरु देवताको सरणमा परेका छन् । प्रहरी ,स्थानीय यूवाहरु सवैले खोजी गरि पाईप फेला पार्न नसकेपछि उपभोक्ताहरुले अन्तिम विकल्पको रुपमा कुखुराको भाले लगेर मजकोट १ को देवताको मन्दिरमा बली दिएका छन् ।
मजकोटको लाखैका योजनामा प्रयोग भएका खाइपहरु भकाभक चोरी भएपछि वाध्य भएर देवताको सरणमा परेको स्थानीय सिचाई योजनाका अध्यक्ष कृष्णवहादुर खड्काले वताउनुभयो । मजकोट ६ मा रहेको ३६ लाखको सिचाईमा प्रयोग भएको पाईप हराएको केही समय नवित्दै मजकोट १ मा रहेको २६ लाख भन्दा वढीको सिचाईको पाईप भराएको छ । यो योजनाको २ सय मिटर भन्दा वढी १ सय २० एम एमको पाईप हराएको खड्काले वताउनुभयो । यो पाईप खरिद गर्नका लागी एक लाख भन्दा वढी पर्ने गर्दछ । गरिवी निवारणको आर्थिक सहयोगमा निर्माण हुँन लागेको यो योजनाको विचमै पाईप चोरी भएपछि काम एक महिना देखी ठप्प भएको छ ।
दुई महिना सम्मा गाउँका सवै ठाउँमा खोजी गर्दा पनि पाईप नभेटेपछि चोरलाई देवताले खाऔस भनेर खुकुरा लिएर मन्दिरमा वली चढाएको स्थानीय काँशी न्यौपानेले जानकारी दिनुभयो । वषौ सम्मा राज्य संग लडेर ल्याएको योजना समेत विचमै काम गर्न नदिने नियतले चोरी गर्दा यहाँका सयौ स्थानीयहरु मर्कामा परेको न्यौपानेको भनाई छ । हराएको पाईप नपाउँदा सम्म योजनाहरु अगाडी वढ्न नसक्ने अवस्था रहेको उपभोक्ता समितिले वताएका छन् । यहाँ मात्र होईन , जिल्लाका अधिकाश ठाउँमा अहिले पनि केही सामग्रीहरु हराउन वितिकै धमीकै सरणमा जाँने वा मन्दिरमा प्रयोग भएका ध्वाजा, घण्टहरु लिएर घर,घरमा छुन लगाउने चरण कायम छ । छुने व्यक्तिलाई मैले लिएको भए यहि देवताले खाला लगाएका अभिव्यक्ति भन्न लगाईन्छ ।










