६० वर्षीय वृद्धले गरे आत्महत्या

जाजरकोटः रग्दा ४ तासुखोला किनारमा एक वृद्धले विद्युत्तको खम्बामा झुन्डिएर आत्महत्या गरेका छन् । रग्दा ६ का ६० वर्षीय धनबीर ध्यारले विद्युत्ततको खम्बामा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको हो । प्रहरीले शवको जाँच मुचुल्का गरेपछि दाहसंस्कारका लागि मृतकका छोरा रामबहादुर ध्यारलाई बुझाइएको छ ।










