पढ्नुहोस्, ‘विद्युत चोर’ कर्मचारीहरुको ‘बायोडाटा’ वीरगञ्जदेखि काठमाडौंसम्म आलिसान महल

काठमाडौं– महादेव प्रधान विद्युत्त प्राधिरकण हेटौंडा वितरण केन्द्रका मिटर रिडर हुन् । तर, सर्लाहीको हरिपुर–९ स्थायी घर भएका प्रधानले वीरगञ्जमा आलिसान महल बनाएका छन् ।
लामो समयदेखि हेटौंडा वितरण केन्द्रमा काम गर्दै आएका प्रधानको हेटौंडामा पनि ठूलो घर छ । विद्युत्त प्राधिरणको केन्द्रीय कार्लायबाट हेटौंडा पुग्ने उच्च तहका कर्मचारीहरु उनकै घरमा बस्थे ।
एमाले निकट कर्मचारी युनियन ट्रेड युनियनका सल्लाहकारसमेत रहेका प्रधानको पेशा मिटर रिडर मात्रै भए पनि सरुवा बढुवादेखि अन्य ठूला काम गर्न सक्ने उनको हैसियत थियो ।
बर्षौँदेखि विद्युत्त चुहावट गरेर मुलुकलाई लोडसेडिङको अँध्यारो सुरुङमा धकेल्न भूमिका खेलेका प्रधानलाई गत आइतबार प्रहरीले पक्राउ गरेसँगै उनको असलियत खुलेको छ ।
राज्यलाई अर्बौँ नोक्सान गराएर आफू मात्रै मोटाएका प्रधानविरुद्ध प्रहरीले ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।
‘अकुत सम्पत्ति कमाएका कर्मचारीहरुको सम्पत्तिबारे पनि अनुसन्धान शुरु गरेका छौं’ महानगरीय अपराध महाशाखाका प्रमुख ९एसएसपी० सर्वेन्द्र खनालले भने, ‘जनातालाई अन्धकारमा राखेर अकुत कमाएको हुनाले सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’
विद्युत्त प्राधिकरण बालाजुको सुपरभाईजर हुन्, सुमन श्रेष्ठ । काठमाडौं महानगरपालिका–२८ स्थायी घर भएका श्रेष्ठ उमेरले ५० पुगेपनी प्राधिकरणमा डन कर्मचारीको छवी बनाएर बसेका थिए ।
विहान सबेरै कार्यालय जाने र राती अवेरसम्म पनि कार्यालयमा बस्ने श्रेष्ठले आफ्नो गाडीमा प्राधिकरणको अस्थायी अफिस खोलेका थिए । मिटरमा उल्लेखित युनिटभन्दा कम युनिटको बिल बनाउने, मिटरको युनिट अंक घटाउने लगायतका प्राविधिक सामग्री उनको गाडीमा हुन्थ्यो ।
२५ बर्ष प्राधिकरणमा जागिर खाएका श्रेष्ठलाई नियन्त्रणमा लिएपछि बयानका क्रममा प्रहरीले सोधेको थियो, ‘कत्ति भयो तपाईले यसरी विद्युत्त चुहावट गराएर लोडसेडिङ बढाएको रु’
प्रहरीका अनुसार उनले निर्धक्क जवाफ दिँदै भने, ‘धेरै भैसक्यो १’
मिटर उल्टो घुमाएर बिल घटाएबापत कुनै ग्राहकले १० हजार, कसैले २५ हजार कमिशन दिने गरेको उनले प्रहरीसँग स्वीकार गरेका छन् ।
विद्युत्त चोरीमा कर्मचारी संघको केन्द्रीय सदस्यदेखि कोषाध्यक्षसम्म
विद्युत्त चुहावट गर्ने कर्मचारीहरुमा नेपाली कांग्रेस निकट कर्मचारी संघका केन्द्रिय सदस्यदेखि कोषाध्यक्षसम्म रहेको पाइएको छ ।
आइतबार पक्राउ परेका बरिष्ठ सहायक दिल बहादुर साउद प्राधिरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा कार्यरत छन् । अछामको भट्टाकाटिया स्थायी घर भएका साउदले काठमाडौँको कोटेश्वरमा भव्य महल बनाएका छन् । उनी कांग्रेस निकट कर्मचारी संघको केन्द्रीय सदस्य हुन् ।
प्राधिकरणको केन्द्रिय कार्यालयमा मिटर रिडरको रुपमा कार्यरत मनिज श्रेष्ठले बानेश्वरमा घर बनाएका छन् । उनी कांगे्रस निकट कर्मचारी संघको केन्द्रिय कोषाध्यक्ष हुन् ।
‘राष्ट्रसेवक कर्मचारीको आवरणमा उनीहरुले करिब १२ बर्षदेखि विद्युत्त चुहावट गरेर कमिशन खाएको देखिन्छ’ एसएसपी खनालले भने, ‘अन्यथा सामान्य मिटर रिडरले कसरी काठमाडौंमा करोडौँको घर, गाडी किन्ने हैसियत बनाउँछ रु’
हेटौंडाबाट पक्राउ परेका महादेव प्रधान एमाले निकट कर्मचारी युनियनको सल्लाहकार रहेको पाइएको छ ।
प्राधिकरणबाट अवकास पाएका टहल बहादुर कार्कीले अवकास पछि पनि विद्युत्त चुहावटको धन्दा रोकेका थिएनन् ।
तिनै टहल बहादुरमाथि निगरानी राखेर अनुसन्धान शुरु गरेको प्रहरीले दुई जना अवकास प्राप्त कर्मचारी सहित दश जना बहालवाला प्राधिरकणका कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।
नुवाकोटको चार घरे स्थायी घर भएका ओम ढुंगाना प्राधिकरण केन्द्रिय कार्यालयका मिटर रिडर हुन् । बालाजुस्थित रानीवन बस्दै आएका ढुंगानाले विद्युत्त चुहाट गरेर काठमाडौंमा दुईओटा घर बनाएको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए ।
थप दुई जनाको पहिचान, सर्वेन्द्र भन्छन्, ‘किराहरु छाडिन्न’
आईतबार कर्मचारी र व्यापा


रीसहित १६ जना विद्युत्त चोरीमा संलग्नहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले थप दुई जना कर्मचारीको पहिचान भएको जनाएको छ ।
‘केही मान्छे पहिचान भएका छन्, त्यसमा केही कर्मचारी र केही व्यापारी छन्’ अपराध महाशाखा प्रमुख ९एसएसपी० खनालले भने, ‘विद्युत्त चुहावट गर्नेहरु लोडसेडिङ बढाउने किरा हुन, यिनीहरुलाई हामी छाड्दैनौँ ।’
ब्यापारी र कर्मचारीले मिलोमतोमा विजुली चोरेर लोडसेडिङ बढाउने गरेको उल्लेख गर्दै खनालले भने, ‘जो सुकै भएपनि तिनीहरु ठग हुन्, अहिले पक्राउ परेका पनि ठुला माछा हुन्, केही दिनमा अरु केही ठूला माछालाई नियन्त्रणमा लिँदै छौँ ।’










