एभरेष्ट वैकको शाखा रहित वैकिङ सेवा सुरु


इन्द्रबहादुर बुढाथोकी
सल्यान, सल्यानमा एभरेष्ट वैकको शाखा रहितको वैकिङ सेवाको आज उद्घाटन गरिएको छ । सल्यान देवस्थल गाउँ विकास समिति वडा न ६ सल्लीबजारमा एभरेष्ट वैकले शाखा रहित वैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
वैक सञ्चालनमा आएसँगै सल्यान, सर्खेतका दुई दर्जन भन्दा बढि गाविसका सेवाग्राहीले सेवा पाउने भएका छन् । शाखा रहित वैकिङ सेवाको उद्घाटन गर्दै नेपालगञ्ज एभरेष्ट वैकका प्रवन्धक लव प्रसाद कुइकेलले निकट भविश्यमा नै शाखा स्थापना गर्नका लागि तयारी स्वरुप शाखा रहित वैकिङ सेवा सञ्चालनमा ल्याएको बताउनु भयो । विश्वको जुनसुकै कुनाबाट छिटो, छरितो र भरपर्दो माध्यमका रुपमा यस वैकिङ सेवालाई लिई पैसा झिक्न र पठाउन सकिने बताउनु भयो । कार्यक्रममा सहभागिहरुले सल्लीबजारमा तत्काल वैकको आवश्यता भएकाले शाखा राख्न आग्रह गरेका छन् ।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय वादेपिपल राकमका प्रहरी निरिक्षक नेत्र बहादुर बोहरा, कोहलपुर उद्योग बाणिज्य संघका सदस्य नविन खड्का, समाजसेवा कृति बहादुर राना, देवस्थल गाविस सलेपा घनश्याम विसी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका सदस्य भुपाल साहु, नेपाल रेडक्रस सोसाइटी सल्यानका सदस्य गणेश विसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सल्लीबजारमा वैक सञ्चालनमा आएसँगै सल्यान सदरमुकाम, नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता हटेको छ ।
भने कार्यक्रमको सन्चालन कोहलपुर एभरेस्ट बैकका प्रमुख श्यामसुन्दर पाण्डे गर्नु भएको थियो भने कार्यक्रमको सभापति एभरेस्ट बैक लिमिटेड सल्लीबजारक प्रतिनिधि वीर ब सार्किले र स्वागत मन्तव्य एभरेस्ट बैक मोबाइल ATM सेवाका प्रमुख ज्योतिप्रकाश रोकाले गर्नु भएको थियो ।










