शक्तिका चुनावी नारा कार्यान्वयन हुँदै ,सडक निर्माण तिव्र

माया पन्त,
पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतका चुनावी नारा भकाभक कार्यान्वयन भईरहेका छन् । उनले दोस्रो संविधान सभामा जाजरकोट सदरमुकाम दखी रिम्ना सम्मा खच्ची सडकको स्तरउन्नती गर्ने भनी प्रतिवद्धता पत्रमा उल्लेख गरेका थिए । उनको प्रतिवद्धता दैनिक कार्यान्वयन हुँदै गएपछि जाजरकोटवासी खुसी भएका छन् । जाजरकोट–डोल्पा सडक खण्ड स्थित खलंगा रिम्ना सडकको स्तर बृद्धिसंगै पिचको लागि निर्माण काम तिव्र गतीमा काम अगाडि बढेको छ । शान्तिचौतारा देखि कालेगाउँसम्मको ६ किलोमिटर सडक तीन बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको हो ।

चार महिनाको अवधिमा खलंगाको तल्लोथाप्ले, स्याला हुदै कालेगाउँसम्मको ४ किलोमिटर सडक चौडा पार्ने, माटो कटीङको काम सकिएको छ । सडकको अहिले मेसिनरी वाल, नालि निर्माण, ग्याविन तार लगाउने कार्य भइ रहेको साइट इन्चार्ज प्रजीत लामाले बताए । २ किलोमिटर सडकका काम पुरा भएर पिचको लागि तयार भएको छ । ४ किलोमिटरको काम सकिएको छ, अब २ दिनभित्रमा शान्तिचौता देखि तल्लोथाप्लेको काम सुरु हुने लामाले बताए । सडकको ८ मिटर चौडाइ तथा साढे ५ मिटरमा पिच हुने उनले बताए । सडक डिभिजन कार्यालय चौरजहारीको ७ करोड ५० लाख लागत रहेको छ । सडक निर्माणको जिम्मा राजेन्द्र÷जलजला जेभी काठमाडौंले लिएको छ ।
तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । पहिलो चरणमा शान्तिचौतारा देखि देखि सिम्नासम्मकोे १६ किलोमिटरमा ६ किलोमिटर पिचको काम थालेको हो यो सडकमा जीप र टयाक्टर हिउद्को समयमा गुड्ने गर्दछन् । सडकको स्तर बृद्धि गर्न थालेपछि स्थानियहरु खुसी भएका छन् । यो सडकमा ट्याक औपन गर्दा जिविस डिलिपको १६ किलोमिटरमा २६ करोड भन्दा वढीरकम खर्च भईसकेको छ । सडकको स्तर बृद्धि नभएका कारण बर्षामा हिलाम्मे र हिउदम धुलाम्मे हुने गरेका कारण स्थानियहरु समस्यामा भोग्दै आएका थिए ।










