काठमाडौ माघ ५ गते । उच्च अदालतमा नियुक्त हुनुभएका नवनियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
?समारोहमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसी, जनकपुरका उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर बस्नेत, पाटन उच्च अदालका मुख्य न्यायाधीश टङ्कबहादुर मोक्तान, पाटन उच्च अदातलका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी, तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश डम्बरबहादुर शाही र दिपायल उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले आ–आफ्नो क्षेत्रका न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । समारोहमा प्रधानन्यायाधीश सुशीला कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति रहेको थियो ।
सात उच्च अदालतमा ८० जना न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा सर्वोच्चका प्रधानन्यायाधीश कार्कीले पुस २९ गते नियुक्त गर्नुभएको हो । परिषद्ले पुस २८ गते नियुक्तिका लागि उहाँहरुलाई सिफारिस गरेको थियो । रासस