कमरेड पहिलापहिला पाउमा दाम चढाउने रु शीतलनिवासमा राजा भेट्दा त्यसै लजाउने

zLtnlgjf;l:yt /fi6«klt lgjf;df ePsf] /fi6«klt ljBfb]jL e08f/L ;'k'qL 8f lgzfs';'d e08f/Lsf] z'e ljjfxsf cj;/df ;xefuL k"j{ /fhf 1fg]Gb| zfx nufot  . tl:a/ M /f]zg ;fksf]6f, /f;;
ज्ञानेन्द्रलाई बोलाएर धेरै राम्रो काम गर्नुभएको छ । राष्ट्रपति भण्डारीले निम्ता दिनु त राम्रो कुरा थियो नै, त्यो भन्दा राम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै पूर्व ‘श्री ५’ विवाह समारोहमा उपस्थित हुनु हो । यसले एकअर्काप्रतिको आदर, सम्मान र समन्वय बढाउँछ । एक अर्काप्रतिको असहजता शिथीलीकरण भएर जान्छ । मेरो विचारमा यो राष्ट्रपतिज्यूको स्ववीवेकीय निर्णय हो । यदि कसैसँय्ग परामर्श गरेकै भए पनि फरक पर्न कुरा होइन । कोही अमुक व्यक्तिसँग सल्लाह गरेर बोलाइएको हो भन्ने हल्लाहरु पनि सुनिएको छ । त्यो हो भने पनि त्यस्ता हल्ला गर्नुको तुक छैन । त्यसैले कसैले बोलाउन लगाएर राष्ट्रपतिले त्यो काम गर्नुभयो भन्ने विश्वास छैन । यो उहाँको नितान्त व्यक्तिगत र स्वविकेकीय निर्णय हो । यो घटनालाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।

‘राजा’ सबैका आकर्षण म पनि विवाहको एउटा निम्तालु थिएँ, माइती पक्षका रुपमा । वैवाहिक समारोहमा दुलहा दुलही त आकर्षणका केन्द्रबिन्दु छँदै थिए । तर, त्यो भन्दा ठूलो आकर्षण ‘पूर्व श्री ५’ प्रति देखियो । पूर्वश्री ५ लाई निम्ता गरिएको खबर सञ्चार माध्यमबाट पाएकाहरुको ध्यान नै ‘पूर्व श्री ५’ मा थियो । उहाँ कतिबेला आउनुहोला रु के भन्नुहुन्छ होला रु के खानुहुन्छ होला रु को–कोसँग बोल्नुहुन्छ होला रु सबैका यस्तै मात्र जिज्ञाशा थियो । विवाह कार्यक्रमको प्रमुख आकर्षणको केन्द्रबिन्दु नै ‘पूर्व श्री ५’ बन्नुभयो । पहिला दाम चढाउने, अहिले किन लजाउने
विवाहमा विगतमा राजासँग काम गरेका र नगरेका दुवैथरि नेता थिए । दोहोरो चिनजान नभएकाको कुरा भएन । तर, जसले विगतमा विभिन्न कालखण्डमा राजासँग काम गरे उनीहरु राजासँग बोलेनन् । तर्किएर हिंडे । नचिनेको जस्तो व्यवहार गरे । बोल्न नपरेहुन्थ्यो जस्तो व्यवहार देखाए । ती मध्ये कतिपय राजाकै पालामा मन्त्री भएका र प्रधानमन्त्रीका लागि दरखास्त हाल्ने र पाउमा दाम चढाउनेहरु पनि थिए । उनीहरु नबोल्दा पूर्व श्री ५ लाई केही फरक पर्दैन । यो घटनाले नेताहरुको लघुताभाष प्रकट भयो । यो मानिसहरुमा रहेको मनोवैज्ञानिक समस्या हो । बोल्यो भने राजासँग भित्री सम्बन्ध रहेको सार्वजनिक होला भन्ने डर पनि कतिपयमा थियो होला ।
राष्टपतिको तर्फबाट दिनुपर्ने सम्मानमा कमी भएजस्तो लाग्दैन । तर, समारोहमा उपस्थित कथितपय पार्टीका नेताहरु रिजर्भ बन्न खोजेको देखियो । सकेसम्म बोल्न नपाए, अगाडि पर्न नपाए हुन्थ्यो गरेको देखिन्थ्यो । यो पूर्व श्री ५ को समस्या होइन । नेताहरुको समस्या हो । पूर्वश्री ५ सँग बोलेको भए नराम्रो हुँदैनथ्यो । नबोल्दैमा केही बिग्रेको छैन । अहिलेका राजनीतिक नेताहरुमा पूर्व श्री ५ का अगाडि बसेर बोल्ने हैसियत छैन । किनभने पहिले राजाको पालामा जति कामहरु भएको थियो । ती राष्ट्र नै रहन्छ कि रहँदैन भन्ने थिएनन् । अहिले त दलका नेताको क्रियाकलाप हेर्दा देशै नरहेको जस्तो लाग्छ । पूर्व श्री ५ सँग आँखा जुधाएर कुरा गर्ने हैसियत रहेनछ । म सयलाई ठूलो गल्ती र बर्बादी भन्दिन । नेताहरुले आफ्नो चरित्र र स्वभाव प्रकट गनुभएको हो ।
वरिष्ठ पत्रकार त्रिपाठीसँगको कुराकानीमा आधारित





error: Content is protected !!