भकाभक पशुचौपाय मरे तर पशु चिकित्सक छैन्न

जाजरकोट , । यहाँको दुर्गम गर्खाकोट गाविस वडा नं ४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन् ।
टाउको सुनिने,र्याल निकाल्ने र घाँस खाना छोडेलगत्तै गाई,गोरु मर्ने गरेका स्थानीय दिपेन्द्र प्राविका प्रधानाध्यापक वीरवहादुर शाहीले जानकारी दिनुभयो । दैनिक गाई,गोरु ,वाख्रा,भेडा दर्जनौको हिसावले मरेपनि गर्खाकोटमा रहेको पशु सेवा कार्यालयमा कर्मचारी नहुँदा किसानहरु मर्कामा परेका हुँन् । विगत दुई महिना देखी यहाँ कार्यालय पशु सेवा कार्यालयका कर्मचारी नदेखिएको शाहीले वताउनुभयो । त्यस्तै टाउँको सुनिने , पेट फुलाउने समस्य ले गर्दा रामीडाडा गाविसमा समस्य परेको छ ।
जिल्ला पशुसेवा कार्यालमा पटक, पटक सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण सम्पर्क हुँन सकेन ।





error: Content is protected !!