अमेरिका–रुस गठबन्धनका लागि चीन तयार छ ?

फ्रान्क चिङ – निर्वाचन अभियानका क्रममा अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गर्न कञ्जुस्याइँ गरेनन् । निर्वाचित भएपछि, उनले रुसको ‘अर्डर अफ फ्रेन्डसिप’ प्राप्त गरेका रेक्स टिलेरसनलाई विदेशमन्त्री नियुक्त गरेका छन् ।

 

ट्रम्पले3-boss कार्यकसुरु गरेपछि रुससँगको अमेरिकी सम्बन्ध सुध्रने संकेत गर्छ । यति नै वेला ट्रम्प चीनलाई उत्तेजित बनाउन हरसम्भव प्रयास गरिरहेका छन् । उनले ताइवानका नेतासँग कुरा गरे, ‘एक चीन’ नीति, जसले वासिङटन र बेइजिङलाई १९७९ देखि द्विपक्षीय सम्बन्धमा बाँधिराखेको छ, छोडिदिने संकेत गरे । अमेरिका–रुस सम्बन्धमा तीव्र सुधार आउँदा उत्पन्न हुनसक्ने उल्झनको चीनले महसुस गर्न थालेको देखिन्छ । अहिले देखिएको चीन–रुस सम्बन्धको निकटता मूलतः अमेरिका र युरोपेली युनियनले रुसविरुद्ध लगाएको आर्थिक नाकाबन्दीको परिणाम हो । नाकाबन्दीले रुसभित्र लगानी र रुसी ऊर्जाको पश्चिमी बजार बन्द भएपछि ऊ चीनतिर नजिकिएको थियो । चीन रुसी ऊर्जा मूल्यमा कडिकडाउ वार्ता गरिरहेको छ । रुसमाथि चिनियाँ लगानीकर्तालाई उसका रणनीतिक तेल तथा ग्यास क्षेत्रमा लगानी गर्न दिने दबाब परिरहेको छ ।

केहीअघि चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ‘द पिपल्स डेली’ले चीन–रुसको रणनीतिक साझेदारीलाई विश्व शान्तिको स्थिरक भन्दै टिप्पणी प्रकाशित गरेको थियो । निष्कर्षमा डेलीले वर्ष ०१७ चीन र रुस दुवैको विकासका लागि ठूलो चुनौती आउने र अन्तर्राष्ट्रिय स्थिति जटिल हुने सम्भावना रहेको पनि उल्लेख गरेको थियो । बेइजिङस्थित रनमिन विश्वविद्यालयका विदेशनीति विश्लेषक सी यिनहोङले बेलायतबाट प्रकाशित हुने द गार्जियनसँगको कुराकानीमा भनेका छन्, ‘मस्को र बेइजिङबीच अमेरिकाले गर्ने भेदभावप्रति चीन एक हदसम्म तयार भएको छ ।’ त्यसको सारमा ट्रम्पले कार्यभार सम्हालेपछि चीन–रुस सम्बन्ध तनावपूर्ण हुने सम्भावना देखाइएको छ । पार्टीको आधिकारिक प्रकाशन भएकाले डेलीले यो प्रस्ट भन्न सक्दैन । तथापि, ग्लोबल टाइम्सले यो कुरा अलि प्रत्यक्ष भनेको छ । एसिया–प्रशान्त क्षेत्रमा बदलिँदो शक्ति सन्तुलनमाथि टिप्पणी गर्दै मस्को ट्रम्पको प्रशासनमा अमेरिकासँग सम्बन्ध सुधार्न इच्छुक रहेको देखिएको भनेको छ । यसबीच अमेरिका–चीन सम्बन्धलाई सन्तुलन गर्न रुसले जापानसँगको सुधारिएको सम्बन्ध प्रयोग गर्न सक्ने आशंका जनाइएको छ । यति नै वेला ट्रम्पले चीनविरुद्ध ट्विटी गर्ने क्रम जारी राखेका छन् । हालै मात्र उनले चीनले दक्षिणी चिनियाँ सागरमा तैनाथ अमेरिकी ड्रोन चोरेको भन्दै आलोचना गरे । चीनले ड्रोन फिर्ता गर्ने सहमति जनाएको छ तर ट्रम्पले ट्विटीमार्फत् नै अमेरिकाले त्यो फिर्ता नलिने बताइसकेका छन् । ट्रम्पको ‘एक चीन’ नीतिमाथि प्रश्न र ड्रोन चोरेको आरोपलगत्तै चीनको आधिकारिक प्रकाशनमध्ये एक ग्लोबल टाइम्सको सम्पादकीयमा ‘चीनतिर सोझिएका अमेरिकी पक्षका आणविक अवरोधलाई शून्यमा झार्न’ चीनको आणविक हतियार मजबुत बनाइनुपर्ने सुझाब दिइएको छ ।

अन्यथा, अमेरिकी सैन्य युद्धपोतहरू चीनलाई उत्तेजित गराउन चीनको परिधिभित्र आत्मविश्वासका साथ आउन थाल्ने चेतावनी दिइएको छ । ट्रम्पको ट्विटीमाथि चिनियाँले खुबै ध्यान दिएजस्तो पनि देखिन्छ । ट्रम्पको उक्साहटको जवाफ दिनुपर्ने माग चीनभित्र बढ्दो छ । केहीले सैन्य बजेटमा बढोत्तरी तथा आणविक हतियारको संख्यामा वृद्धिको सुझाब पनि दिएका छन् । निःसन्देह चीनले ट्रम्पका ट्विटीलाई अब हास्यजनक मात्र मान्दैन । ग्लोबल टाइम्सको लेखमा निष्कर्षमा चेतावनी शैलीमा भनिएको छ, ‘पदभार सम्हालेपछि पनि ट्रम्पले चीनसँग यस्तो व्यवहार गरे भने चीन चुप लागेर बस्दैन ।’ (चिङ प्राध्यापक तथा टिप्पणीकार हुन्)द ग्लोब एन्ड मेल डटकमबाट





error: Content is protected !!