छाउपडी प्रथाको अन्त्य गर्न पुर्वगृहमन्त्री वस्नेतलाई आग्रह

हेमन्त के सी shakti-basnet-1
पुस  जाजरकोट । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतलाई जाजरकोट पश्चिमका महिलाले छाउपडी गोठमा वस्न वाध्य पार्ने चलनको अन्त्यका लागी पहल गर्न आग्रह गरेका छन् ।
मंगलवार मजकोटको साना खोलामा भएको आमसभामा पुगेका महिलाहरुले ज्ञापन पत्र वुझाउदै छाउगोठको अन्त्यको माग गरेका हुँन् । आफुहरु विगत लामो समय देखी महिनावरी र सुत्केरी हुँदा छुट्टै गोठमा राखी अकै दर्जाको नागरिक वनाएको भन्दै यस्तो कु प्रथाको अन्त्य गर्न विशेष कार्यक्रम ल्याउन वस्नेत संग माग गरेका हुँन् । देवी देवता सिसाउने भन्दै महिलाहरु माथी गरिएको यस्तो ज्यादती छिटो वन्द गर्न माग गरिएको हो । जिल्लाका मजकोट, गर्खाकोट,कोताग,दह गाविसमा अझै छाउपडी प्रथाका कारण महिलाहरुले पिडा खेपिरहेको मजकोटका स्थानीय अधिकारवादी काँशीराम न्यौपानेले वताए । त्यस्तै छेडा,चादे हुँदै जुम्जा जोड्ने सडक निर्माणमा तिव्रता दिन र स्वास्थ्य संस्थामा दरवन्दी अनुसारको स्वास्थ्यकर्मीको पहल गर्न माग गरेका छन् । टेलिफोन टावर नहुँदा अहिलेको जमानामा पनि फोन गर्न नपाएको भन्दै छिटो निर्माणका लागी पहल गर्न वस्नेतलाई माग गरेका छन् ।
ज्ञापन पत्र वुझदै वस्नेतले सवै कुराको सम्वोधनका लागी आफु लागी परेको आश्वासन दिए । जाजरकोट डोल्पा सडक निर्माण , पर्यटन प्रर्वदन अनि रेडपाण्डाको संरक्षण र चाखुरे पर्यटन का लागी वजेट विनियोजन गरी काममा तिव्रता दिएर स्यावासी पाएका वस्नेतलाई थप काम गर्न जनताले ध्यानआक्रषण गराएका छन् । यो कार्यक्रममा १ सय ३० भन्दा वढीले माआवादी केन्द्रमा प्रवेश गरेका छन् ।





error: Content is protected !!