एमालेको शक्ति प्रर्दशनपछि पुुस २४ गते संसद खुल्ने

पुस १९
काठमाडौं–आज बस्ने भनिएको संसद बैठक ५ दिन पछि बस्ने गरी स्थगित भएको छ । अव पुस २४ गते वैठक बस्ने छ । संसदको कार्यव्यवस्था समितिको बैठकपछि संसद बैठक पछि सरेको हो । आज बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
कार्यव्यवस्था समितिको बैठकमा संसद खुलाउने बिषयमा दलका नेता सकारात्मक भएको बताइएको छ । सभामुखले ट्वीट मार्फत विपक्षीसहितका दलहरुबाट यस्तो विश्वास आएको बताएकी छिन् ।
पुस २२ गते एमालेले संविधान संसोधन प्रस्तावको विरुद्धमा काठमाडौंमा गर्न लागेको शक्ति प्रर्दशनलाई ध्यानमा राख्दै संसद बैठक पछि सारिएको सस्रोतको भनाई छ ।
विद्येयकका विषयमा सर्वोच्चको फैसला आएपछि एमाले लचिलो भएको छ ।
सत्तापक्ष र विपक्षीले सर्वोच्चको आदेशलाई आ–आफ्नो सूविधा अनुसार ब्याख्या गरेका छन् ।
संसद खोल्न एमालेले अघि सार्यो सर्त
सहमतिका लागि भन्दै संसद बैठक २४ गतेसम्मको लागि स्थगित
सर्वोच्चको निर्णय मान्ने एमाले स्थायी समितिको निर्णय
संसद कहिले–कहिले रोकियो रु
–संशोधन प्रस्ताव दर्तापछि सुरु भएको संसद अवरुद्ध कायमै छ । संसद खोल्न सत्तारुढ दल र सभामुखले गरेको प्रयास सार्थक भएको छैन ।
–१४ मङ्सिरमा संशोधन प्रस्ताव दर्तापछि १६ मङ्सिरमा संसद वैठक बस्यो । एमाले उपाध्यक्ष बामदेव गौतमले प्रस्तावको विरोध गर्दै वैठक चल्न नदिने बताएपछि संसद अवरोध भयो ।
–१७ मङ्सिरमा एमालेलगायतका विपक्षी पार्टीले दोस्रो पटक वैठक अवरुद्ध गरे । माले महासचिव सीपी मैनाली बोले र वैठक रोक्ने बताएपछि संसद अवरोध भयो ।
१९ मङ्सिरमा तेस्रो पटक वैठक अवरुद्ध भयो । नेमकिपा सांसद अनुराधा थापा मगरले बोलपछि वैठक अवरुद्ध भयो ।
–२२ मङ्सिरमा चौथो पटक वैठक स्थगित भयो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बोलेपछि वैठक अवरुद्ध गरिएको थियो ।
–२४ मङ्सिरमा राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापा बोले र संसद अवरुद्ध भयो । यो पाचौँ अवरोध थियो ।
–त्यसपछि सभामुखले मङ्सिर ३० गतेसम्मका लागि वैठक स्थगित संसद गरेर विदेश भ्रमणमा गइन् । विपक्षीले वैठक अवरोध पार्ने निश्चित थियो ।
–विदेश भ्रमणबाट फर्केपछि सभामुखले पुस ४ सम्मका लागि वैठक स्थगित गरिन् ।
–पुस ४ मा संसद वैठक बस्यो । नेपा पार्टीका लक्ष्मण राजवंशी बोले । त्यसपछि विपक्षीबाट फेरि अवरोध भयो ।
–पुस ४ मा सभामुखले ७ मा बस्ने गरी सभामुखले वैठक स्थगित गरिन् ।
–फेरि पुस ७ गते सूचना टाँसेर १० गतेसम्मका लागि वैठक स्थगित गरिन । तर, १० गते नआउँदै ९ गते नै संसद सचिवालयले वैठक स्थगित गरेको सूचना टास्यो । प्रमुख दलका सचेतकसँग संवादपछि सभामुखले वैठक स्थगितको सूचना निकाल्न लगाएकी थिइन् ।
–पुस १२ मा केही वेर संसद बैठक चल्यो र स्थगित भयो । व्यवस्थापिका संसद बैठक बुधबार दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ । नेपाः राष्ट्रिय पार्टीका पूर्व सांसद बुद्धरत्न मानान्धरको निधनमा शोक प्रस्ताव पारित गर्दै मंगलबारको बैठक सकिएको थियो ।
–पुस १३ मा विपक्ष दलहरुले संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै संसद बैठक अवरोध गर्ने कार्यलाई निरन्तरता दिए । बैठक सुरु हुने बित्तिकै विपक्ष नेपाल परिवार दलका सांसद एकनाथ ढकालले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका थिए । त्यसपछि पुस १४ सम्मका लागि वैठक स्थगित गरिन् ।
–पुस १४ मा बैठक सुरु भएलगत्तै बोल्दै एमाले सांसद बैजनाथ चौधरीले अरु कसैलाई खुसी बनाउन सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म कुनै हालतमा पनि संसद बैठक चल्न नदिने अडान राखे । त्यसपछि सभामुखले पुस १८ गतेसम्मका लागि वैठक स्थगित गरिन् ।
–पुस १८ मा संसद वैठक बस्यो । विपक्षीले अवरोध गरेपछि दिउँसो एक बजेबाट शुरु भएको वैठक चार बजेसम्मका लागि स्थगित भयो । चार बजे वैठक नै नबसी पुस १९ को दिउँसो १ बजेसम्मका लागि वैठक स्थगित भयो ।
–पुस १९ मा कार्यव्वस्था परामर्श समितिको वैठक बस्यो । जसमा सहमतिका आधारमा पुस २५ सम्मका लागि वैठक स्थगित गर्ने सहमति बन्यो । त्यसपछि सूचना टासेर वैठक स्थगित भयो ।










