तेह्रथुमका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

तेह्रथुम(प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले भने
आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु । संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने कुरा पनि म यहाँहरुको बीचमा अवगत गराउँछु ।
(सानो भएपनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ हो । यहाँ आगलानीले ३२ घर र ५६ परिवारमा क्षति भएको छ । यसको आफ्नै ऐतिहासिक छ । यसको पूनर्निर्माण सरकारको प्राथमिकतामा छ । म तपाईहरुसँग दुख र भावना साट्न यहाँ आएको छु । तेह्रथुम नेपालको राजनीति र सत्तामा स्थापित नेताहरु जन्मिएको ठाउँ हो । यसले मलाई थप जिम्मेवारी महशुस भएको छ ।
(१२ बुंदेबाट सुरु भएको सहकार्यको यात्रा अहिले पनि जारी छ । हामी मिलेर मात्रै ठूलठूला सङ्कट समाधान गरेका छौं । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं, त्यसका लागि संसदको गतिरोध हट्न जरुरी छ । मलाई विश्वास छ, राजनीतिक गतिरोध सम्वादकै माध्यमबाट समाधान गर्नेछौं । हामी छिटै राजनीतिक गतिरोध चिरेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानेछौं ।
(निर्देशनपूर्व प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गरेका थिए ।
(निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
(प्रधानमन्त्रीको भ्रमण दलमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा ९एमाले० का प्रमूख सचेतक भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, सांसदहरु सीता गुरुङ, गणेश बिमल, भवानी खापुङ, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत उपस्थित थिए ।
(गत पौष १ गते दिउँसो लागेको आगोका कारण संक्रान्ति बजारका ३२ घरका ५६ परिवारमा पूर्ण क्षति भएका थिए । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिइन् । पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत, सरकारको तर्फबाट अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका थिए ।
(आगलानीको निरीक्षणपछि प्रधानमन्त्रीले जिल्लास्थित नेकपा ९माओवादी केन्द्र० का कार्यकर्ताहरुलाई प्रशिक्षित गरेका थिए ।
(प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधन र निर्वाचनद्धारा संविधान कार्यान्वयन गर्नु राष्ट्रिय कार्यभार भएकोमा जोड दिँदै निर्वाचनकेन्द्रित कार्यक्रममा होमिन कार्यकर्तालाई आग्रह गरे ।










